सुदूरपश्चिमका कुन–कुन अस्पतालको हुँदैछ स्तरोन्नति ?
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक सुधारको प्रक्रिया अगाडि बढाएको छ । दुर्गम तथा सीमावर्ती क्षेत्रका नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सामाजिक विकास मन्त्रालयले एकैसाथ दर्जनौँ अस्पतालहरूको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
कञ्चनपुरको दक्षिण क्षेत्रमा रहेका बेलौरी नगरपालिका, बेलडाँडी, लालझाडी र पुनर्वास नगरपालिकाका बासिन्दाहरूलाई लक्षित गर्दै बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिने भएको छ । हाल १५ शैय्यामा सञ्चालित यस केन्द्रमा बिरामीको चाप अत्यधिक रहेको र नागरिकहरू विशेषज्ञ सेवा पाउन टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो ।
सामाजिक विकास मन्त्रालयले यसका लागि आवश्यक आर्थिक सहमतिका लागि आर्थिक मामिला मन्त्रालयलाई पत्राचार गरिसकेको छ । मन्त्रालयका अनुसार बेलौरी नगर कार्यपालिकाको निर्णय बमोजिम यस केन्द्रलाई प्रदेश मातहत ल्याई ५० शैय्याको अस्पताल बनाउने प्रस्ताव प्रदेश मन्त्रिपरिषद्मा लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
प्रदेश सरकारले बेलौरी मात्र नभई प्रदेशका अन्य ठूला अस्पतालहरूको पनि क्षमता विस्तार गर्दैछ । हाल ५० शैय्यामा रहेका सेती र महाकाली प्रादेशिक अस्पतालसँगै हाल ५१ शैय्यामा रहेको टीकापुर अस्पताललाई १०० शैय्याको बनाइने भएको छ । यस्तै, हाल अस्थायी दरबन्दीमा सञ्चालन भइरहेका अछामको बयलपाटा प्रादेशिक अस्पताल र धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयलाई ५०/५० शैय्याको स्थायी दरबन्दीसहित सञ्चालन गर्ने तयारी पूरा भएको छ ।
दुर्गम पहाडी जिल्लाका नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच दिलाउन सरकारले ६ वटा जिल्ला अस्पतालहरूको क्षमता विस्तार गर्ने भएको छ । हाल १५ शैय्यामा सीमित रहेका डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्ला अस्पतालहरूलाई अब २५ शैय्यामा स्तरोन्नति गरिने भएको छ ।
अस्पतालहरूको शैय्या विस्तारसँगै विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र थप जनशक्तिको व्यवस्थापन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । स्वास्थ्य क्षेत्रको यो बृहत् सुधारले सुदूरपश्चिमका नागरिकहरू सामान्य देखि जटिल उपचारका लागि पनि प्रदेश बाहिर वा भारत जानुपर्ने बाध्यतामा उल्लेख्य कमी आउने विश्वास गरिएको छ । प्रदेश सरकारको यो कदमले घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने लक्ष्यलाई सार्थक बनाउने र स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई थप सुदृढ बनाउने देखिन्छ ।
ताजा अपडेट
- किन पक्राउ परे डा. पप्पुकुमार यादव ?
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा ४ र रजिस्ट्रारमा १९ जनाको दाबी
- सुदूरपश्चिमका कुन–कुन अस्पतालको हुँदैछ स्तरोन्नति ?
- सुदूरपश्चिमको स्वास्थ्यमा ठूला वाचा, कार्यान्वयनमा कति सफल होला सरकार ?
- सुर्तीजन्य पदार्थमा कर बृद्धि इतिहासमै कमजोर, क्यान्सर जोखिममाथि राज्य मौन
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया