सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले अब आफ्नै आयुर्वेदिक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ । चिकित्सालयले औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद प्रक्रियासमेत अगाडि बढाइसकेको जनाएको छ । चिकित्सालयका सूचना अधिकारी सुरेन्द्र बहादुर शाहीका अनुसार प्रारम्भिक चरणमा आयुर्वेदिक तेल र चूर्ण उत्पादन गरिनेछ । उनका अनुसार उत्पादनका लागि करिब ३० लाख रुपैयाँ बराबरका आवश्यक सामग्री खरिद प्रक्रिया सुरु गरिएको हो । चिकित्सालयले आफ्नै उत्पादन सुरु गरेसँगै स्थानीयस्तरमै गुणस्तरीय आयुर्वेदिक औषधि उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ । साथै यसबाट आयुर्वेद सेवाको विस्तार र बिरामीलाई सहज उपचार सेवा प्रदान गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक आयुर्वेद चिकित्सालयलाई आयुर्वेद प्रतिष्ठानका रूपमा विकास गर्ने उद्देश्यले ऐन ल्याएको भए पनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । चिकित्सालयले भने सेवा विस्तार र औषधि उत्पादनमार्फत संस्थालाई थप सुदृढ बनाउने तयारी गरिरहेको जनाएको छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया