गर्भनिरोधक चक्कीले मुटु सम्बन्धी रोगको खतरा बढाउछ
ब्रिटीस जनरलमा प्रकाशित एक अध्ययनले हार्मोनल गर्भ निरोधक चक्कीले स्ट्रोक र हृदयघातको जोखीम बढ्ने देखाएको छ ।
कोपहेगन बिश्वबिद्यालयका अनुसन्धान कर्ताका अनुसार चिकित्सकले औषधि सिफारीस गर्नुअघि सम्भावित जोखिमलाई ध्यानमा राख्नुपर्दछ ।
डेनमार्कमा १० बर्ष भन्दा बढी समय २० लाख भन्दा बढी महिलाहरुमा गरीएको अध्ययन पछि सबैभन्दा धेरै प्रयोग गरीने हार्मोनल गर्भ निरोधक संयुक्त एस्टोजन प्रोजेस्टिन चक्की,ईस्केमिक स्ट्रोक र हृदयघातको जोखिमलाई दोब्बर पार्ने सँग सम्बन्धित थियो ।
अध्ययन नतिजाका अनुसार एक बर्ष सम्म यो चक्की प्रयोग गर्ने ४७६० जना मध्ये एक जनालाई अतिरीक्त स्ट्रोक भयो भने हरेक १० हजार मध्ये एक जनालाई अतिरीक्त हुदयघात भयो ।अनुसन्धान कर्ताका अनुसार समकालीन स्टोजन प्रोजेस्टिन चक्की मात्र र प्रोजेस्टिन युक्त गर्भ निरोधकहरुले ईस्केमिक स्ट्रोक र केहि अबस्थामा मायो कार्डियल ईन्र्फाक्सन (हृदयघात) को जोखिम बढाउछ ।
उनिहरुले भने सो भन्दा अगाडी गरेका अध्ययनहरुले पनि हार्मोनल गर्भनिरोधक प्रयोगका कारण हृदय सम्बन्धी खतरा बढ्ने देखाएका थिए तर ती निष्कर्ष असंगत पुराना थिए ।
अध्ययनले गैर मौखिक गर्भनिरोधकहरुसँग सम्बन्धित जोखिम अझ बढीरहेको देखाएको छ ।
अनुसन्धान टोलीका अनुसार भेजाईनल रिङ प्रयोग गर्दा ईस्केमिक स्ट्रोकको खतरा २.४ गुणा र हृदयघातको खतरा ३.८ गुणा बढ्ने र गर्भ निरोधक प्याच प्रयोग गर्दा ईस्केमिक स्ट्रोकको जोखिम ३.४ गुणा बढ्छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया