गर्भनिरोधक चक्कीले मुटु सम्बन्धी रोगको खतरा बढाउछ
ब्रिटीस जनरलमा प्रकाशित एक अध्ययनले हार्मोनल गर्भ निरोधक चक्कीले स्ट्रोक र हृदयघातको जोखीम बढ्ने देखाएको छ ।
कोपहेगन बिश्वबिद्यालयका अनुसन्धान कर्ताका अनुसार चिकित्सकले औषधि सिफारीस गर्नुअघि सम्भावित जोखिमलाई ध्यानमा राख्नुपर्दछ ।
डेनमार्कमा १० बर्ष भन्दा बढी समय २० लाख भन्दा बढी महिलाहरुमा गरीएको अध्ययन पछि सबैभन्दा धेरै प्रयोग गरीने हार्मोनल गर्भ निरोधक संयुक्त एस्टोजन प्रोजेस्टिन चक्की,ईस्केमिक स्ट्रोक र हृदयघातको जोखिमलाई दोब्बर पार्ने सँग सम्बन्धित थियो ।
अध्ययन नतिजाका अनुसार एक बर्ष सम्म यो चक्की प्रयोग गर्ने ४७६० जना मध्ये एक जनालाई अतिरीक्त स्ट्रोक भयो भने हरेक १० हजार मध्ये एक जनालाई अतिरीक्त हुदयघात भयो ।अनुसन्धान कर्ताका अनुसार समकालीन स्टोजन प्रोजेस्टिन चक्की मात्र र प्रोजेस्टिन युक्त गर्भ निरोधकहरुले ईस्केमिक स्ट्रोक र केहि अबस्थामा मायो कार्डियल ईन्र्फाक्सन (हृदयघात) को जोखिम बढाउछ ।
उनिहरुले भने सो भन्दा अगाडी गरेका अध्ययनहरुले पनि हार्मोनल गर्भनिरोधक प्रयोगका कारण हृदय सम्बन्धी खतरा बढ्ने देखाएका थिए तर ती निष्कर्ष असंगत पुराना थिए ।
अध्ययनले गैर मौखिक गर्भनिरोधकहरुसँग सम्बन्धित जोखिम अझ बढीरहेको देखाएको छ ।
अनुसन्धान टोलीका अनुसार भेजाईनल रिङ प्रयोग गर्दा ईस्केमिक स्ट्रोकको खतरा २.४ गुणा र हृदयघातको खतरा ३.८ गुणा बढ्ने र गर्भ निरोधक प्याच प्रयोग गर्दा ईस्केमिक स्ट्रोकको जोखिम ३.४ गुणा बढ्छ ।
ताजा अपडेट
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
- ‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया