राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरु भएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत डा दिनेश उप्रेतीसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एन्जियोप्लास्टिगरीएको हो ।
पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसँगै हृदयघात (हर्टअट्याक) भएका बिरामीलाई जिल्लामै सहजै उपचार गर्न सकिने डा देवकोटाले बताए । उनका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा यसरी पहिलो पटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रका लागि एउटा उपलब्धि हो । यसअघि मुटुको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने अवस्था रहेको थियो ।
योसँगै मुटुसम्बन्धी बिरामीलाई थप उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा श्याम लम्सालले बताए । “उक्त उपचारका लागि रु १० करोड बराबरका सामग्री ल्याइएको छ । यसरी सामग्री तयारी गरेपछि पहिलो पटक वरिष्ठ मुटुरोग विशेषज्ञ डा देवकोटालाई ल्याएर सेवालाई सुरुआत गरिएको हो”, उनले भने ।
प्रतिष्ठानबाट केही दिनअघि एन्जोयोग्राफी सेवा दिइएको थियो । जुन निदानात्मक उपचार थियो भने आज एनियोप्लाष्टी सेवा सुरु गरिएको हो । दाङमै यो सेवा सुरु भएपछि जिल्लाबाहिरका बिरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले बताए । उनका अनुसार विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृतका लागि निवेदन पठाएकाले सूचीकृत हुने बित्तिकै बिरामीलाई प्रतिष्ठानबाटै थप सहजता प्राप्त हुने समेत उनको भनाइ छ । हाल मुटुको उपचारका लागि एक लाखभन्दा बढी खर्च लाग्ने गरेको छ ।
जब हृदयघात भएको थाहा भयो…..
रोल्पा थवाङ गाउँपालिका(५ निवासी ७५ वर्षीया धनजिता विकको मुटु दुख्ने, सास फेर्न गाह्रो हुने, पेट फुल्ने समस्या हुन्थ्यो । त्यसपछि उपचारका लागि परिवारले दाङका निजी अस्पतालहरूमा पुर्याए । तर, कुनै रोग पत्ता लागेन । गत शुक्रबार प्रतिष्ठानमा मुटुको परीक्षण गरियो, त्यसपछि पत्ता लाग्यो धनजितालाई हृदयघात भएको थियो । त्यसपछि उहाँको आज एनियोप्लाष्टी गरिएको अस्पताल स्रोतले जनाएको छ ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–९ निवासी ७५ बर्षीय गङ्गाधर कँडेलको पनि मुटुमा समस्या भएपछि हृदयघात भएको थियो । त्यो कुरा प्रतिष्ठानमा मुटु जाँच गराएपछि थाहा भएको परीवारले बताएका छन् । उनीहरू दुवै जनाको एनियोप्लाष्टी गरिएको थियो । योसँगै अब नियमित एनियोप्लाष्टी हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा लम्सालले बताए ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया