क्यान्सरजस्ता रोग निको पार्ने स्थानीय जातका गाईको पञ्चगव्य चिकित्सा पद्धति प्रवर्द्धन गरिनुपर्नेमा जोड
काठमाडौँ । स्थानीय जातका गाईको गहुँत, गोबर, दूध, दही र घ्यूको प्रयोग गरी बनाइने पञ्चगव्य चिकित्सा पद्धतिबाट क्यान्सरजस्ता रोग निको भएकाले यसलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिइएको छ ।
गौ संरक्षण अभियानले आजदेखि आयोजना गरेको ‘पञ्चगव्यको महत्व एवं गौ विज्ञान कथा’ विषयक दुईदिने कार्यक्रमका वक्ताले देशभर स्थानीय जातका गाई पाल्न प्रोत्साहन गरेर पञ्चगव्यबाट उपचार गर्ने पद्धतिको विकास गरिनुपर्नेमा दिईएको हो ।
भारतको काञ्चीपुरम् तामिलनाडुस्थित सेवारत्न पञ्चगव्य विद्यापीठका पारम्परिक वैद्यरत्न गव्यसिद्धाचार्य गुरुकुलपति निरञ्जनकुमार वर्माले २४ वर्षदेखि यस विषयमा अभ्यास गरिरहँदा सबै रोगको उपचार पञ्चगव्य पद्धतिबाट हुने प्रमाणित भएको बताए ।
स्थानीय जातका गौमाताबाट निरोग नेपाल बनाउन सकिने उल्लेख गर्दै उनले गाई शाश्वत सत्य र धरतीकै माता भएकाले यसको संरक्षण गरी फाइदा लिनुपर्नेमा जोड दिए । वैदिक दर्शनअनुसारका ८४ लाख योनीमा गाईमात्र अवतरित प्राणी भएको बताउँदै उहाँले माटोको शुद्धीकरणमा पनि स्थानीय जातका गाईको प्रयोगले धेरै राम्रो हुने प्रमाणित भएको बताए ।
मानिसले पृथ्वी, जल, तेज, वायु र आकाश गरी पाँचवटै तत्वलाई प्रदूषित गर्ने गरेको सुनाउँदै गुरुकुलपति वर्माले यसको शुद्धीकरण पनि पञ्चगव्यबाट हुने बताए।
नेपाल र भारतका मूल प्रजातिका गाईले कम दुध दिने गरेकाले पनि तिनलाई पाल्नेक्रम घट्दै गएको उल्लेख गर्नुहुँदै उनले विभिन्न विधिको प्रयोगबाट तीनगुणासम्म दूध बढाउन सकिएको अनुभव सुनाए । त्यो प्रविधिलाई नेपालमा पनि लागू गर्न सकिने गुरुकुलपति वर्माको भनाइ थियो ।
भारत सरकारका पूर्वसचिव एवं भारतको काञ्चीपुरम् तामिलनाडुस्थित सेवारत्न पञ्चगव्य विद्यापीठका उपगुरु कुलपति डा कमल टावरीले स्थानीय जातका गाईको पञ्चगव्यका माध्यमबाट रोजगारी सृजना गर्न सकिने बताए ।
गाईको गहुँतलगायत गोरसबाट ठूलो व्यवसाय गर्न सकिने भएकाले युवालाई यसतर्फ आकर्षित गरिनुपर्ने उनले बताए। यसमा जडीबुटी पनि जोडेर काम गर्न सकिने भनाइ पनि उनको थियो ।
बाबा योगीराजले स्थानीय जातका गाई विज्ञानका साथै कृषिको मुख्य आधार भएकाले यसको संरक्षणमा सुरु गरिएको अभियानलाई देशव्यापी बनाउन सुझाव दिए । आयुर्वेद जडीबुटीबाट घरमै औषधि बनाउने पद्धति भए पनि त्यसमा अहिले विकृति आउन सुरु गरेको उनले सुनाए । आफूले सेवाभावले आयुर्वेदको निःशुल्क उपचार गर्ने गरेको पनि बाबा योगीराजले कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा महेश मोदीेले गोडामा भएको समस्या पञ्चगव्य उपचार पद्धतिबाट नै सम्भव भएको जानकारी दिए । पुरानो सिनामङ्गलका स्थानीयवासी अमित ढुङ्गानाले श्रीमतीलाई क्यान्सर भएपछि आधुनिक चिकित्सा पद्धतिबाट ठीक नभई स्थानीय जातका गाईको गहुँत सेवनबाट निको भएको जानकारी दिए ।
अमेरिका रहेका आफ्ना साथीका बुबालाई क्यान्सर भएपछि त्यहाँको उपचार पद्धतिबाट पनि ठीक नभएर नेपाल आई गहुँतबाट अहिले निको हुँदै गएको जानकारी पनि उनले जोड दिए ।
आधुनिक पद्धतिको चिकित्सकसमेत रहनुभएका गुरु गोरखनाथ फाउन्डेसनका अध्यक्ष डा सुवेन्दु गुप्ताले पञ्चगव्य उपचार पद्धतिलाई एकीकृत स्वास्थ्य सेवामा अघि बढाउनुपर्ने बताए । आफूले ३० वर्षदेखि आधुनिक चिकित्सा पद्धतिमा काम गर्दै आए पनि पञ्चगव्य उपचार पद्धतिलाई वैकल्पिक उपचारको सूचीमा समावेश गरिनुपर्ने विचार उनको थियो ।
वरिष्ठ पत्रकार प्रेम कैदीले रक्सी र चुरोट खान प्रचार गर्नु नपर्ने तर अमृतका रूपमा रहेका पञ्चगव्यका लागि प्रचार गर्नुपर्ने अवस्था रहनु दुःखद् भएको बताए । स्वर्गका रूपमा रहेका नेपालका गाउँमा पञ्चगव्य उपचार पद्धति लोप होला जस्तो भएकाले त्यसको संरक्षण गरिनुपर्नेमा पनि उनको जोड थियो ।
नेपाली भान्सा सुधार अभियानकी अध्यक्ष कविता दाहालले नेपाली भान्साभित्र आयुर्वेद रहने गरी गरिएको व्यवस्था भङ्ग हुन थालेपछि नेपाली विभिन्न रोगले पीडित हुन थालेको बताईन् । यसका लागि आमा, सासूआमाले सिकाएको नेपाली भान्सा परम्परालाई पुनःस्थापित गरिनुपर्नेमा उनले जोड दिईंन् । नेपाली भान्सामा पञ्चगव्य पहिलेदेखि नै मुख्य अङ्गका रूपामा रहँदै आएको पनि अध्यक्ष दाहालले सुनाईन् ।
आयोजक समिति गौ संरक्षण अभियानका अध्यक्ष स्मृति राणा मल्लले आइतबारसम्म आयोजना हुने कार्यक्रमले नेपालमा स्थानीय जातका गाई संरक्षणका जागरण ल्याउने विश्वास व्यक्त गरीन् ।
अभियानका गव्यसिद्धाचार्य प्रमुख प्रेम आर्यले गव्य चिकित्साका माध्यमबाट शरीरका समस्या समाधान हुने बताए । स्थानीय जातका गाई रक्षाका लागि काम गरेर पञ्चगव्य चिकित्सा पद्धतिलाई नेपालमा स्थापित गर्नु अभियानको मुख्य उद्देश्य रहेको जानकारी पनि उनले दिए ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया