विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
काठमाडौँ। आज(शनिबार) विश्व औलो दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । ‘औलो अन्त्य हाम्रो सङ्कल्पः सक्षम छौँ, छैन अब विकल्प’ भन्ने नाराका साथ दिवस मनाउन थालिएको हो ।
औलो एनोफिलिज जातका सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने परजीविको कारण हुने एक प्रकारको सरुवा रोग हो । औलो सङ्क्रमित व्यक्तिको ज्यानै जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।
शिशुहरू, पाँच वर्षमुुनिका बालबालिका, गर्भवती, किशोरी, एचआइभी तथा एड्स सङ्क्रमित व्यक्तिमा सङ्क्रमणको जोखिम बढी हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले बताए । औलो सजिलै रोकथाम र उपचार गर्न सकिने भएकाले समयमै उपचार गर्नुपर्नेमा उनले जोड र्दिए ।
औलोका लक्षण
ज्वरो आउने, काप छुट्ने, टाउको दुख्ने, असाध्यै थकित महसुस हुने, भ्रमित अवस्था हुने, वेहोस हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिने डा दाहालले जानकारी दिए । नेपालमा औलो निवारणतर्फ उन्मुख रहेको छ । विगत १० वर्षमा स्थानीय औलोको सङ्ख्या करिब ९० प्रतिशतले कमी आएको उनले जानकारी दिए ।
नेपालमा आयातित औलोका बिरामी धेरै रहेका इपिडिमियोलोजी डा दाहालले उल्लेख गरे । भारतका उच्च जोखिम क्षेत्रमा हुने र अफ्रिकी देशबाट स्वदेश फर्कंदा धेरै मानिसले आयातित औलो सङ्क्रमण लिए आउने गरेका उनको भनाइ छ । उनका अनुसार नेपालमा ९७ प्रतिशत औलोका बिरामी विदेशबाट आएका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा ३९ जनामा स्थानीय औलोर र एक हजार १२५ जना आयातित औलो देखिएको डा दाहालले जानकारी दिए । आव २०८०र८१ मा २४ स्थानीय र ७६७ जना आयातित, आव २०७९र८० मा २४ स्थानीय र ५०९ आयातित औलोका बिरामी देखिएका उनले उल्लेख गरे ।
शाखा प्रमुख डा दाहालले नेपालमा अहिले औलो जोखिममा केही जिल्ला मात्र रहेका उल्लेख गर्दै सरकारले राष्ट्रिय औलो रणनीतिक योजना (२०२५ देखि २०३०) सम्म सञ्चालन गरेर नेपाललाई औलोमुक्त मुलुक बनाउने योजना अघि सारेको बताए । सोही योजनाअनुसार सन् २०२६ सम्म स्थानीय औलोका बिरामीलाई शून्यमा पुर्याउने लक्ष्य राखेको छ ।
उनका अनुसार ४२ वटा वडामात्र औलोको उच्च जोखिममा छन् । हालसम्म विश्वमा ४७ देश औलोमुक्त भइसकेका छन् । सन् २००० देखि २०२४ सम्म औलो प्रभावित देशको सङ्ख्या १०८ बाट ८० मा झरेको डा दाहालले जानकारी दिए । विश्वमा सन् २०२४ सम्म २८ करोड औलाका बिरामी देखिएका थिए । औलाको विश्वव्यापी भारमध्ये ९५ प्रतिशत हिस्सा अफ्रिकी क्षेत्रले ओगटेको तथ्याङ्क इपिडिमियोलोजीले तथा सरुवा रोग महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया