७० लाख बराबरको नगद र औषधी गायव सम्बन्धी समाचारबारे खण्डन
‘मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !’ शीर्षकमा प्रकाशित समाचारप्रति खण्डन ।
‘स्वास्थ्य हब डटकम’ मा गत फागुन २८ गते ‘मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीमा हाम्रो नाम समावेश गरिएकामा यसबारे हाम्रो खण्डन बुँदागत रुपमा देहाय अनुसार छ ।
–प्रमाण, आधार बेगर फोटो नै राखेर दोषी देखाउने वा दोषी करार गर्ने विषय आपत्तिजनक एवम् पत्रकार आचारसंहिता २०७३ को दफा ५ को उपदफा ७ बमोजिम विपरीत छ ।
–२२ वर्षदेखि एउटै अस्पतालमा जरा गाडेर बसेको, शक्तिशाली प्रशासनिक सिन्डिकेट बनाएको, स्टोर प्रमुख भएको लगायतका प्रसङ्ग उठाई गङ्गा बुढा मगरमाथि व्यक्तिकेन्द्रित भई समाचार बनाइएको छ ।
–अस्पतालमा प्रशासन सेवाका कर्मचारी सहायक प्रशासकीय अधिकृत झपटबहादुर थापालाई सर्वेसर्वा भनिएको कुरा व्यक्तिकेन्द्रित तथा भेदभावपूर्ण छ ।
–मुख्यमन्त्रीको भोट बैंक र राजनीतिक संरक्षणमा झपटबहादुर थापा र आफन्तलाई औंल्याएर समाचार निकाल्नु पक्षपातपूर्ण छ ।
–सामाजिक विकास मन्त्रालयमा छानबिनका लागि उजुरी परिसकेको उल्लेख गरेको समाचारभित्रै उक्त निकायले छानबिन नगर्दै दोषी करार गरेर फोटो समेत समाचारमा प्रकाशन गर्नु र समाचारभित्रका विषयहरू डा. कमलेश प्रसाद यादवको पक्षमा रहनुले हामीलाई हानि पुर्याउने गरी समाचार प्रकाशन भएको देखिन्छ ।
–डा. कमलेश प्रसाद यादवलाई हटाइएको होइन, मात्र मेसुको नवौं तहमा नवौं तहकै डा. वेद कुमार चौधरी पदस्थापन भएका हुन् । तर प्रकाशित समाचारले डा. कमलेश प्रसाद यादवलाई हटाइयो भनेर उनको पक्षपोषण गर्न खोजेको देखिन्छ ।
–म.ले.प. प्रतिवेदनमा उल्लेख भइसकेको विषय; निमित्त मे.सु. (आठौं तह) बाहेक नवौं तहको मे.सु. खटिँदा प्रमाण नष्ट हुने समाचार हास्यास्पद तर एकपक्षीय रहेको देखिन्छ ।
– कुनै प्रमाण र आधार विना अस्पतालको स्टोरबाट झन्डै ५० लाख मूल्य बराबरका औषधि र उपकरण गायब पारिएको भन्ने समाचार निकालिएको छ ।
–प्रमाण तथा आधार विना कपोलकल्पित रूपमा बिरामीको चित्कार र स्टोरको व्यापार, सुत्केरी हुन आउने महिलाले बाहिरबाट निःशुल्क औषधी किनेको, सिटामोल पनि नदिने गरेको जस्ता विषयमा भ्रम फैलाउन खोजिएको छ ।
गङ्गा कुमारी बुढा मगर, जिल्ला अस्पताल, मंगलसेन, अछाम
झपट बहादुर थापा, जिल्ला अस्पताल, मंगलसेन, अछाम
ताजा अपडेट
- ७० लाख बराबरको नगद र औषधी गायव सम्बन्धी समाचारबारे खण्डन
- डडेल्धुरा मेडिकल कलेजले माग्यो ६ सह-प्राध्यापक र उप-प्राध्यापक
- २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
- धनगढी उपमहानगरपालिका : विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रमबाट २७ हजार बढी लाभान्वित
- अटिजमसम्बन्धी तीनदिने विशेष तालिम
- एक जना अनमीको भरमा प्रसूति सेवा
- देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- मानव स्वास्थ्य र माटो संरक्षणका विषादीरहित तरकारी उत्पादनमा किसान
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया