सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
६० बर्ष भन्दा माथिका ज्येष्ठ नागरीकको परीक्षण निः शुल्क
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगत रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले थप सेवा बिस्तार गर्दे गईरहेको छ ।
प्रयोगशालाको गुणस्तर तथा नियमन गर्ने जनस्वास्थ्य प्रयोगशालाले जनस्वास्थ्य गतिबिधि सँग सम्बन्धित आवश्यक प्रयोगशाला सेवा उपलब्ध गराउदै आएको हाल आफ्नै भवनमा ब्यबस्थीत रुपले अन्य परीक्षणका सेवाहरु बिस्तार गरीएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी झरेन्द्र बहादुर सिहले नयाँ भवन पुर्वाधार तयार गरी जनरल परीक्षणका साथै अन्य परीक्षणका सेवाहरु थप गरीएको बताए । उनले भने , जनरल प्रयोगशाला परीक्षण शुल्क सामाजिक विकास मन्त्रालयले तोके अनुसार नै लिईने बताए ।
जनस्वास्थ्य प्रयोगशालाले ६० बर्ष भन्दा माथिका ज्येष्ठ नागरीकलाई लक्षित प्याकेज अन्र्तगत निशुल्क परीक्षण , जनरल प्रयोगशाला परीक्षणका सेवाहरु (स्वीकृत न्युनतम दररेट अनुसार) स:शुल्क र जनस्वास्थ्य गतिबिधिसँग सरोकार राख्ने तोकिएका बिशिष्ट जाँचहरु नि:शुल्क गर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया