‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा पन्तलाई
वीरगञ्ज । विसं २०८२ को ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा विद्याप्रसाद पन्तलाई अर्पण गरिएको छ ।
नेपालको आँखा उपचार सेवाको विकास र अन्धोपन निवारणमा अतुलनीय योगदान पु¥याए वापत प्रदान गरिएको सो पुरस्कारको राशि रु दुईलाख ५१ हजार १११ सहित सम्मानपत्र रहेको छ ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित केडिया आँखा अस्पतालको ५१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा नेत्र विशेषज्ञ डा पन्तलाई सो पुरस्कार अर्पण गरिएको हो ।
नेपालको दोस्रो तथा उपत्यकाबाहिरको पहिलो केडिया आँखा अस्पतालको स्थापना विसं २०३१ साल फागुन १२ गते भएको थियो । अस्पतालले हालसम्म २८ लाखभन्दा बढी बिरामीको आँखा परीक्षण तथा ४ लाखभन्दा बढी शल्यक्रिया सम्पन्न गरिसकेको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
साथै पछिल्लो एक वर्षमा मात्र अस्पतालले १ लाख ३७ हजारभन्दा बढी बिरामीको परीक्षण तथा करिब १७ हजार शल्यक्रिया गर्न सफल भएको छ ।
सो समारोहमा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ का मल्टिपल काउन्सिलका अध्यक्ष मिलन थापाले आगामी दिनमा अस्पतालद्वारा प्रदान गरिदै आएको गुणस्तरीय र सर्वसुलभ आँखा उपचार सेवालाई अझ बिस्तार गरिने जानकारी दिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार केडियाले आगामी दिनमा आधुनिक प्रविधियुक्त नयाँ अस्पताल भवन निर्माण तथा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले भने, “अस्पतालले ISO ९००१ः२०१५ र ISO ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरिसकेकोे छ । ”
अस्पतालले सोही अवसरमा बारा तथा पर्सा जिल्लाका सशस्त्र प्रहरी बलको ‘बोर्डर आउटपोस्टहरू’का लागि २८ ‘स्ट्रेचर’ हस्तान्तरण गरिएको थियो भने दृष्टिविहीन विद्यालयलाई थप ३ ‘स्ट्रेचर’ प्रदान गरिएको थियो ।
साथै, केडिया छात्रवृत्ति कार्यक्रमअन्तर्गत दृष्टिविहीन तथा श्रवण क्षमता कम भएका छ विद्यार्थीलाई जनही रु। ११ हजार का दरले छात्रवृत्ति वितरण गरिएको थियो ।
नेपाल नेत्रज्योति संघले स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म २८ वटा आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको संघले जनाएको छ ।
- # केडिया आँखा अस्पताल
- # नेत्र विशेषज्ञ डा विद्याप्रसाद पन्त
- # नेपाल नेत्रज्योति संघ
- # हिरालाल केडिया ज्योतिर्मय पुरस्कार
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया