नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम
नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सर हुने खतरा कम हुने एक अनुसन्धानले देखाएको छ । अनुसन्धानकर्ताहरुले नियमित रुपमा हुने स्खलनले प्रोस्टेटमा क्यान्सर गराउने तत्व जम्मा हुन नपाउने भन्दै यसले क्यान्सर हुने सम्भावनालाई क मगर्ने बताएका हुन् ।
तर उनीहरुले यौन सम्पर्कबाट हुने स्खलनले हस्तमैथुनले जस्तो सुरक्षा हुन नसक्ने स्पष्ट पारेका छन् । उनीहरुले भनेका छन्, ‘हस्त मैथुनमा संक्रमणको जोखिम हुँदैन तर यौन सम्पर्क गर्दा संक्रमण संकुचन हुने सम्भावना हुन्छ र जसबाट क्यान्सरको जोखिम पनि बढ्न सक्छ ।’
यो अनुसन्धान अष्ट्रेलियामा भएको हो । त्यहाँका अनुसन्धानकर्ताहरुले प्रोष्टेट क्यान्सर भएका एक हजार जना बढी पुरुषहरु र आफ्नो यौन बानी नभएका १ हजार २५० जनालाई प्रश्न गरेका थिए । उनीहरुले २० देखि ५० बर्षका बीचमा सबैभन्दा बढी वीर्य स्खलन भएकाहरुलाई क्यान्सर हुने सम्भावना कम भएको पाए ।
यसअघि गरिएको एक अनुसन्धानले धेरै जनासंग यौन सम्पर्क गर्ने पुरुषहरुमा प्रोष्टेट क्यान्सरको जोखिम ४० प्रतिशतले बढी हुने देखाएको थियो । विज्ञहरु भन्छन्, ‘वीर्य स्खलनले प्रोस्टेट ग्रन्थीमा कार्सिनोजेनहरु जम्मा हुनबाट रोक्न सक्छ ।’ प्रोस्टेट ग्रन्थीमा स्खलनको समयमा वीर्यमा एक तरल पदार्थ प्रदान गर्दछ । जसले शुक्राणुलाई सक्रिय बनाउँछ र तिनीहरुलाई एक साथ टाँस्नबाट रोक्छ ।
मेलवर्नको ला ट्रोब युनिभर्सिटीका अस्ट्रेलियन रिसर्च सेन्टर इन सेक्स हेल्थ एण्ड सोसाइटीका उपनिर्देशक एन्थोनी स्मिथ भन्छन्, ‘यदि यी निस्कर्षहरु रही रहने हो भने पुरुषहरुलाई हस्तमैथुन गर्न प्रोत्साहन दिनु एकदमै उचीत छ ।’
– एजेन्सी
ताजा अपडेट
- ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया