चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ ।
अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाअन्तर्गतको एमबिबिएसको अध्ययन गर्न छिमेकी देश भारतका पाँच जना विद्यार्थी भर्ना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक कमल थानीले जानकारी दिए ।
प्रतिष्ठानले यो वर्ष चिकित्सा शास्त्रअन्तर्गत स्नातक (एमबिबिएस) पढ्नका लागि चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा निर्धारण गरेको थियो । जसमध्ये ४५ जना नेपाली विद्यार्थी र पाँच जना भारतीय विद्यार्थी गरी जम्मा ५० जना विद्यार्थी यो वर्ष भर्ना भएको कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाका निर्देशक थानीले बताए ।
पहिलो वर्ष एमबिबिएस अध्ययन गर्नेका लागि चिकित्सा शिक्षा आयोगले २० जनाको कोटा निर्धारण गरेको थियोे । दोस्रो वर्ष ३०, त्यसपछि तेस्रो र यो वर्ष ५०÷५० जनाको कोठा दिएको प्रतिष्ठानका निर्देशक थानीको भनाइ छ ।
प्रतिष्ठानले एमबिबिएसको अध्यापन गर्न थालेको पनि चार वर्ष हुँदै छ र चौथो ब्याच पढ्न आएका विद्यार्थीलाई स्वागत गरिएको छ । चिकित्सक शास्त्रबाहेक अरू सङ्कायअन्तर्गत बी–पिएच, बी–फार्मेसी, बिएस्सी नर्सिङ र बिएनएसको २०÷२० जनाको कोटा पाएको प्रतिष्ठानका निर्देशक थानीले जानकारी दिनुभयो ।
दुर्गम भौगोलिक अवस्थाका कारण वर्षौंसम्म विकासका अवसरबाट टाढा रहेको जुम्ला पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको नयाँ केन्द्रका रूपमा उभिन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पुजन रोकायाले बताए ।
समग्र माथिल्लो कर्णालीको स्वास्थ्य सेवा प्रवाहसँगै चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थीहरूको आकर्षणको केन्द्र प्रतिष्ठान बन्दै गएको उपकुलपति रोकायाको भनाइ छ ।
प्रतिष्ठानको नयाँ शैक्षिक सत्र २०८२ का लागि भारतका पाँच जनासहित कुल १३० जना विद्यार्थी विभिन्न सङ्काय स्वास्थ्यसम्बन्धी विषय अध्ययन गर्न प्रतिष्ठानमा भर्ना भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर डबलबहादुर धामीले जानकारी दिए ।
प्रतिष्ठानमा अहिले एमबिबिएस, बी–एनएस, बी–फार्मेसी, बिएससी नर्सिङ, बी–पिएचलगायतका विषय अध्ययन हुने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया