पानीको वाफले यसरी चम्काउँछ अनुहार

अनुहार कसरी सुन्दर बनाउने ? कसरी मुलायम बनाउने ? कसरी ताजा बनाउने ? अक्सर हामी यसैको खोजीमा हुन्छ । त्यसैले त कहिले थरीथरीका सौन्दर्य प्रसाधन प्रयोग गरिरहेका हुन्छौं, कहिले पार्लर धाइरहेका हुन्छौं । अनुहारको सौन्दर्यले समग्र व्यक्तित्वमा प्रभाव पार्छ । त्यसैले सकेसम्म हामी अनुहारलाई आकर्षक, दागरहित, ताजा देखाउन चाहन्छौं ।
त्यसो त अहिले अनुहार चम्काउनका लागि बजारमा थरीथरीका कस्मेटिकस उत्पादन छन् । थरीथरीका उपचार विधी पनि छन् । प्लाष्टिक सर्जरीसम्मका सुविधा उपलब्ध छन् । यद्यपी प्राकृतिक ढंगबाट जति प्रभावकारी हुन्छ, त्यती प्रभावकारी अन्य विधी हुँदैन ।
अझ कस्मेटिक्सको प्रयोगले दुष्प्रभाव पार्न सक्छ । किनभने केमिकलयुक्त त्यसता उत्पादनले क्षणिक रुपमा नतिजा दिए पनि दीर्घकालिन रुपमा छालालाई नोक्सान गर्छ । त्यसैले छालाको स्याहारका लागि महंगा बजारिया उत्पादनहरुभन्दा घरेलु विधि प्रभावकारी हुन सक्छ । यसले छालालाई चम्काउने मात्र होइन, पोषण दिने काम पनि गर्छ ।
आफ्नो छालाको प्रकृतिअनुसार घरेलु उपाय छनोट गर्न सकिन्छ । यसमध्ये वाफ लिनु पनि अति फाइदाजनक मानिन्छ । आमरुपमा मानिसहरु रुघाखोकी लाग्दा मात्रै वाफ लिने सोच्छन्, तर यस्तो होइन ।
वाफ लिनु पनि एउटा ब्यूटी ट्रिटमेन्ट हो । फेस स्टिमिङ गरेर तपाईं आफ्नो अनुहारमा चमकका साथै ताजापन पनि ल्याउन सक्नुहुन्छ । तर, यसका लागि वाफ लिने सही तरिका थाहा हुनुपर्छ । वाफ लिनका लागि स्टिमर वा एउटा बाल्टिनमा तातोपानी लिनुपर्छ । वाफ लिने क्रममा पुरा अनुहारलाई राम्रोसित कपडाले ढाकौं ताकि वाफ बाहिर नजाओस ।
वाफ लिनुका फाइदा
- छालाको मैलो सफा हुन्छ । यसले छालामा रहेका मसिना छिद्रहरु खुल्छन् र त्यसभित्र रहेको फोहोर पनि सफा हुन्छ । यसले त्वचामा निखार आउँछ ।
- स्टिम लिँदा डेड स्किन पनि सजिलै सफा हुन्छ । यसले छालामा प्राकृतिक चमक आउँछ ।
- यसले डण्डीफोर तथा चाउरीलाई कम गर्छ र भविष्यमा हुन सक्ने सम्भावना पनि घटाउँछ ।
- यसबाट छालाको मोइस्चर ब्यालेन्स कायम रहन्छ । जसले गर्दा छाला फुस्रो र बेजान देखिँदैन ।
ताजा अपडेट
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- अपडेट :प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया