सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र १५ प्रतिशतमा ख्याउटेपना
धनगढी । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशको पोषण क्षेत्रमा गरीएको सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । स्वास्थ्य निर्देशनालय सँगै बिभिन्न दातृ निकायको सहयोगमा गरीएको स्मार्ट सर्वे प्रतिवेदन आएको हो ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ बटै स्थानिय तहहरुमा गरीएको उक्त सर्वेक्षणमा सहरी तथा ग्रामिण भेगका घरधुरीबाट वास्तविक अबस्था बिश्लेषण गरीएको छ । प्रदेशका ४ हजार २ सय ६६ घरधुरीबाट १ हजार ७ सय बालबालिकाहरुमा सर्वेक्षण गरीएको छ । जसमध्ये सर्वेक्षण गरीएका एक चौथाई बालबालिकामा कुषोषण देखिएको छ ।

सुदू्पश्चिम प्रदेशका ६ महिनादेखि ५९ महिनाका बालबालिकामा पुड्कोपन तथा ख्याउटेपना सँगै कम तौल र दिर्घ कालिन कुपोषण लगायतका समस्या देखिएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार सर्वेक्षणमा गरएिको बाबालिकामा ४ बालबालिका मध्ये १ जनामा ख्याउटेपन देखिएको उल्लेख छ । बिश्व स्वास्थ्य संगठनको पोषण स्तरीय मापदण्ड अनुसार सुदूरपश्चिम प्रदेशका बालबालिकामा देखिएको समस्या पोषण आपतकाल हो ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको उक्त रिर्पोटमा सुदूरपश्चिमका बालबालिकामा बढीरहेको तिव्र कुपोषणलाई तत्काल सम्बोधन गर्ने, बाबालिकाको खुवाई ब्यबहार सुधार गर्ने बहुक्षेत्रिय सहकार्य गर्न, पहिचान गरीएको उच्च जोखिम क्षेत्रहरु लक्षित सहयोग गर्न सिफारीस गरेको छ ।
यो स्मार्ट सर्वेक्षणले सुदूरपश्चिम प्रदेशमा बालबालिकाको पोषणको क्षेत्रमा थप अनुसन्धान गर्नुपर्ने देखाएको छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया