माघ २५ गतेदेखि साढे ३ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
धनगढी । सरकारले माघ २५ गतेदेखि ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एपीभी’ खोप लगाउने भएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले माघ २५ देखि फागुन १५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने भएको हो ।
महाशाखाले विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरी र कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने निर्णय भएको जनाएको छ ।
महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले गत वर्ष खोप लगाउन छुटेका किशोरीलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गरिने बताए। ‘विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरी, कक्षा ६ मा अध्ययनरत सवै छात्रा र गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययरन छात्रालाई खोप लगाउनेछौँ,’ उनले भने ।
उनले १९ हजार विद्यालयबाट खोप लगाउने बताए । सरकारले गत वर्ष ६ देखि १४ वर्षसम्मका करिब १६ लाख छात्रालाई खोप लगाएको थियो । यस वर्षबाट एपीभी खोपलाई नियमित खोप अभियान अन्तर्गत राखेर लगाउन लागेको हो ।

ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया