कैलालीमा १० हजारभन्दा बढी बालिकालाई एचपीभी खोप लगाइँदै
धनगढी । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी जनघनत्व भएको कैलाली जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध १० हजारभन्दा बढी बालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार माघ २७ गतेदेखि जिल्लाभरका १ उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकाका विभिन्न खोप केन्द्र तथा विद्यालयहरूबाट कुल १० हजार ३ सय ४५ बालिकालाई एचपीभी खोप लगाइने छ ।
खोप कार्यक्रम अन्तर्गत कक्षा ६ मा अध्ययनरत ९ हजार ७ सय २० बालिका, विद्यालय नजाने १० वर्ष उमेर समूहका १ सय ६३ बालिका तथा गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत ३ सय ६३ बालिकालाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्थानिय तहअनुसार सबैभन्दा धेरै धनगढी उपमहानगरपालिकामा २ हजार ३ सय ४० बालिकालाई खोप दिइने छ ।
त्यसपछि गोदावरी नगरपालिकामा १ हजार ३ सय ९३, लम्कीचुहा नगरपालिकामा १ हजार १ सय २१, घोडाघोडी नगरपालिकामा १ हजार ५०, टिकापुर नगरपालिकामा ९ सय ५१, गौरीगंगा नगरपालिकामा ७ सय ४५ र भजनी नगरपालिकामा ५ सय ४१ बालिकालाई खोप दिइनेछ ।
त्यसैगरी गाउँपालिकातर्फ बर्दगोरिया गाउँपालिकामा ५ सय ६५, कैलारी गाउँपालिकामा ३ सय ६६, जानकी गाउँपालिकामा ३ सय ६५, जोशीपुर गाउँपालिकामा ३ सय ४०, चुरे गाउँपालिकामा २ सय ९८ र मोहन्याल गाउँपालिकामा २ सय ७० बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । खोप कार्यक्रम सफल बनाउन जिल्लाभर ४ सय २९ वटा खोप केन्द्र तोकिएका छन् ।
ती केन्द्रहरूमा ३ सय ८८ जना स्वास्थ्यकर्मी र ३ सय ८८ जना स्वयंसेवक खटाइने तयारी गरिएको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा ४७ हजार ६ सय ५५ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइएको थियो ।
यस वर्ष अघिल्लो वर्षको अनुभवलाई आधार मानेर खोप अभियानलाई अझ प्रभावकारी र व्यवस्थित बनाइने कार्यालयले जनाएको छ
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया