औषधि व्यवसायी संघ सुदूरपश्चिमको चौथो वार्षिक साधारणसभा सम्पन्न
धनगढी । ‘औषधिको सही सदुपयोग गरौँ, प्रतिकूल असरबाट बचाऔँ’ भन्ने मूल नारासहित नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारणसभामा सुदूरपश्चिमका नौवटै जिल्लाका औषधि व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. शुभेषराज कायस्तले विगत ४० वर्षदेखि नियमित रूपमा स्वास्थ्य सेवामा सक्रिय रहँदै आएको अनुभवसाझा गर्दै सुदूरपश्चिमको समग्र स्वास्थ्य अवस्थाबारे आफू जानकार रहेको बताए। उनले स्वास्थ्य सेवामा योगदान पुर्याइरहेका सम्पूर्ण सुदूरपश्चिमेलीलाई धन्यवाद व्यक्त गर्दै औषधिको सुरक्षित र जिम्मेवार प्रयोग आजको आवश्यकता भएको उल्लेख गरे ।
औषधि व्यवस्था विभागका प्रतिनिधि दिनेश न्यौपानेले औषधि सम्बन्धी ऐन–नियमको परिधिभित्र रहेर मात्र औषधिको बिक्री–वितरण गर्नव्यवसायीहरूलाई आग्रह गरे । कानुनभन्दा माथि कोही पनि नरहेको उल्लेख गर्दै उनले कानुन विपरीत औषधि बिक्री–वितरण भएको पाइए कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे ।
सभाका अध्यक्ष तथा नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्र लेखकले सुदूरपश्चिमका दुर्गम क्षेत्रमा समेत औषधि सेवा पुर्याउन व्यवसायीहरू सक्रिय रहेको उल्लेख गरे । उनले आफ्नो पेशालाई मर्यादित, जिम्मेवार र अनुशासित रूपमा सञ्चालन गर्नसबैलाई आग्रह गरे ।
अध्यक्ष लेखकले देश संघीयतामा गइसकेको अवस्थामा पनि नेपाल औषधि व्यवस्था विभागले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी तीन प्रदेश हेर्नुपर्दा अनुगमन समयमै हुन नसकेको गुनासो ब्यक्त गरे । उनले सुदूरपश्चिम प्रदेशका लागि धनगढीमै औषधि व्यवस्था विभागको कार्यालय स्थापना गर्न माग गर्दै ऐन–नियम व्यवसायीमैत्री हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा औषधि व्यवसायमा योगदान पुर्याएको भन्दै भट्ट मेडिकल स्टोर बैतडीका भोजराज भट्ट र सरोज मेडिकल हलका कमल सिंह शाहुलाई सम्मान गरिएको थियो।
साधारणसभाले औषधिको सही प्रयोग, गुणस्तरीय सेवा र व्यवसायिक मर्यादा कायम गर्दै सुदूरपश्चिमको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएका छन्।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया