डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी
दिपायल। डोटीमा पछिल्लो समय ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै गएको छ । जिल्लाका नौवटा स्थानीय तहमा रहेका पालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवाबाट सहज भएको छ ।
घुम्ती अल्ट्रासाउन्ड सेवा जिल्लाका सबै स्वास्थ्य संस्थामा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए।
जिल्लामा आर्थिक वर्ष २०७७/७८ देखि जिल्लाका नौवटा स्थानीय तहका एक, एक स्वास्थ्य संस्थाबाट अल्ट्रासाउन्ड सेवा आरम्भ गरिएको हो । हाल सेवा विस्तार गरी सबै स्वास्थ्य संस्थामा पु¥याइएको उनले बताए।
ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनका लागि नर्सिङ कर्मचारीलाई २१ दिने आधारभूत तालिम दिई दक्ष बनाई सेवा प्रभावकारी भइरहेको बडीकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुुख योगेन्द्र शाहीले बताए । बडीकेदार गाउँपालिकाका स्वास्थ्य संस्थामा प्रत्येक महिना ५ देखि २० गतेसम्म अल्ट्रासाउन्ड सेवा सञ्चालन हुने गरेको छ । गर्भवती र शिशुको अवस्था थाहा पाउन नियमित रुपमा स्वास्थ्य जँचाउनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।
अल्ट्रासाउन्डको माध्यमबाट गर्भमा रहेको शिशुको अवस्था, तौल, शिशुको वृद्धि विकासलगायतबारे थाहा पाउन सकिने अनमी अञ्जना चन्दले बताईन् । “अल्ट्रासाउन्डका माध्यमबाट गर्भको जोखिमको पहिचान हुन्छ”, उनले भनिन् , “बच्चा गर्भाशयमा खेल्ने नखेल्नेबारे जानकारी हुन्छ, शिशुको मुटुको धड्कनबारे जानकारी लिन सकिन्छ ।”
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया