‘सुर्तीजन्य पदार्थ नियन्त्रणमा जनचेतना र अभियान जरुरी’
काठमाडौँ । सुर्तीजन्य पदार्थ नियन्त्रणमा जनचेतनामूलक अभियान जरुरी रहेकामा सरोकार भएका निकायले जोड दिएका छन् ।
सुर्ती उद्योगसँग सम्बन्धित जोखिम, चुनौती र आगामी रणनीतिबारे केन्द्रित ‘सुर्ती उद्योगको जोखिमपूर्ण जालो उजागर र प्रतिरोध गर्दैः आगामी दिनका लागि रणनीतिक दिशानिर्देशन’ विषयक अन्तरक्रिया कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवनले हुने हानीका बारेमा जनचेतना जगाउनु जरुरी रहेको सरोकार भएका निकायले जोड दिएका हुन् ।
एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलियाले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नीति, नियम र कानुन बने पनि कार्यान्वयनको गति भने कमजोर रहेको बताईन् ।
“भावी पुस्तालाई सुर्तीजन्य पदार्थबाट जोगाउन अब गम्भीर रूपमा काम गर्न जरुरी छ”, उनले भनिन्, “उपभोक्ताले प्रयोग नै नगर्ने वातावरण बनाउन सक्यौँ भने उद्योग स्वयं कमजोर भएर बन्द हुने अवस्था आउँछ । जनचेतना, अभिप्रेरणा र व्यवहार परिवर्तनका अभियानलाई अझै सुदृढ गर्नुपर्छ ।”
डा थपलियाले सुर्तीजन्य पदार्थका कारण नसर्ने रोगको जोखिम अत्यधिक बढ्दै गएको जनाउँदै यसको उपचारमा सरकारले ठूलो खर्च गर्नुपरिरहेको उल्लेख गरीन् । उनले निकट भविष्यमा सुर्ती त्याग्न प्रोत्साहन गर्ने नयाँ राष्ट्रिय अभियान सुरु गर्ने तयारी भइरहेको पनि जानकारी दिईन् ।
‘टोबाको कन्ट्रोल एसिया प्यासिफिक–भाइटल स्ट्रेटेजी’का निर्देशक डा तारासिंह बमले नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थका कारण ज्यान जानेको सङ्ख्या बढ्दो अवस्थामा रहेको जानकारी दिए । “सन् २०२३ मा मात्र ३९ हजार २०० जनाको मृत्यु सुर्तीजन्य कारणले भयो”, उनले भने, “कर वृद्धि नै सुर्ती नियन्त्रणको सबैभन्दा प्रभावकारी रणनीति हो । सँगै ‘प्लेन प्याकेजिङ’ जस्ता कदम आवश्यक छन् ।”
डा बमका अनुसार सुर्ती नियन्त्रणका क्षेत्रमा जनचेतना, बजेट र सरकारी तत्परताको अभाव अझै चुनौती बनेको छ । उनले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय बलियो नहुँदा प्रभावकारी नियन्त्रण सम्भव नदेखिएको उल्लेख गरे ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया