बुधबार देखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडौँ । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बुधबारदेखि फागुन ३० गतेसम्म तीन महिना अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो ।
केन्द्रकी निर्देशक डा राधिका थपलियाले मानसिक स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताईन्। उनले ‘जेनजी’ प्रदर्शनपछि सबै वर्गमा तनाव थपिएको भन्दै अभियानले थोरै भए पनि त्यसमा सकारात्मक भूमिका खेल्ने बताईन्।
निर्देशक डा थपलियाले भनिन्,“पछिल्लो समय सबै वर्गमा तनाव थपिएको छ । त्यसैले मानसिक स्वास्थ्यमा सकारात्मक योगदान दिने उद्देश्यसहित अभियान सुरु गर्दैछौँ । मानसिक स्वास्थ्यबारे सबैले खुलेर कुरा गरौँ । अभियानबाट लाभान्वित होऔँ ।”
केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न हिस्साको रूपमा जनचेतना बढाउने उद्देश्यले अभियान थालिएको बताउँदै हरेक महिना फरक खालका विषयमा सचेतनाका कार्यक्रम गरिने जानकारी गराए ।
विश्व स्वास्थ्य सङ्गठनका मनोचिकित्सक डा केदार मरहट्टाले मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्नुपर्ने बताए । उनले नेपालमा १० मध्ये एक जनामा मानसिक स्वास्थ्य समस्या रहने बताउँदै यो जनस्वास्थ्यमाथिको गम्भीर चुनौती भएको धारणा राखे ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार आव २०८१र८२ मा सात हजार ५५ जनाले मानसिक समस्याका कारण आत्महत्या गरेको पनि त्यस अवसरमा जानकारी दिइयो ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया