बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने
काठमाडौँ। सरोकारवाला संस्थाहरुले नेपालमा बाल क्यान्सर हेरचाहलाई अझ प्रभावकारी, करुणामय र परिवार केन्द्रित बनाउन सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन ।
सोमबार आयोजित ‘क्यान्सर सर्भाइभरसिप’ तथा ‘पेडियाट्रिक प्यालियटिभ केयर’ (बाल चिकित्सा प्रशामक सेवा) विषयमा केन्द्रित बैठक बसेको थियो । कान्तिबाल अस्पतालको आयोजनामा बसेको सो बैठकले क्यान्सरसँग सङ्घर्षरलडाईँ अनुभव गरेका बालबालिका, अभिभावक, स्वास्थ्यकर्मी, राष्ट्रिय एवं अन्तरराष्ट्रिय सरोकारवाला संस्थालाई एकै मञ्चमा ल्याई कथा सुन्न, चुनौती पहिचान गर्न र आगामी कदम तय गर्न सहयोग पुगेको बताइएको छ ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, नेपाल बाल रोग विशेषज्ञ समाज, भक्तपुर क्यान्सर अस्पताल, बिपी कोईराला मेमोरियल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभिन्न बाल क्यान्सर उपचार इकाइका प्रतिनिधि तथा अन्य साझेदार संस्थाहरूको उपस्थिति थियो ।
नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको सहयोग तथा रमेश गुप्ता मेमोरियल ट्रस्ट र वल्र्ड चाइल्ड क्यान्सरद्वारा सञ्चालित ‘ब्रेथ’ परियोजनाअन्तर्गत सम्पन्न बैठकमा क्यान्सरबाट बचेकाहरूको अनुभव, अभिभावकका चुनौती, र स्वास्थ्यकर्मीहरूको प्यालियटिभ केयरसम्बन्धी प्रस्तुति एवं जानकारी आदान प्रदान गरिएको थियो ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया