बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने
काठमाडौँ। सरोकारवाला संस्थाहरुले नेपालमा बाल क्यान्सर हेरचाहलाई अझ प्रभावकारी, करुणामय र परिवार केन्द्रित बनाउन सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन ।
सोमबार आयोजित ‘क्यान्सर सर्भाइभरसिप’ तथा ‘पेडियाट्रिक प्यालियटिभ केयर’ (बाल चिकित्सा प्रशामक सेवा) विषयमा केन्द्रित बैठक बसेको थियो । कान्तिबाल अस्पतालको आयोजनामा बसेको सो बैठकले क्यान्सरसँग सङ्घर्षरलडाईँ अनुभव गरेका बालबालिका, अभिभावक, स्वास्थ्यकर्मी, राष्ट्रिय एवं अन्तरराष्ट्रिय सरोकारवाला संस्थालाई एकै मञ्चमा ल्याई कथा सुन्न, चुनौती पहिचान गर्न र आगामी कदम तय गर्न सहयोग पुगेको बताइएको छ ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, नेपाल बाल रोग विशेषज्ञ समाज, भक्तपुर क्यान्सर अस्पताल, बिपी कोईराला मेमोरियल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभिन्न बाल क्यान्सर उपचार इकाइका प्रतिनिधि तथा अन्य साझेदार संस्थाहरूको उपस्थिति थियो ।
नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको सहयोग तथा रमेश गुप्ता मेमोरियल ट्रस्ट र वल्र्ड चाइल्ड क्यान्सरद्वारा सञ्चालित ‘ब्रेथ’ परियोजनाअन्तर्गत सम्पन्न बैठकमा क्यान्सरबाट बचेकाहरूको अनुभव, अभिभावकका चुनौती, र स्वास्थ्यकर्मीहरूको प्यालियटिभ केयरसम्बन्धी प्रस्तुति एवं जानकारी आदान प्रदान गरिएको थियो ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया