धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तरराष्ट्रिय सम्मेलन
सुनसरी। धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ओडान (अर्थोडोन्टिक एण्ड डेन्टोफेसियल अर्थोपेडिक एसोसिएशन अफ नेपाल) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको संयुक्त आयोजनामा गत शुक्रबारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न भएको हो ।
धरानमा पहिलोपटक आयोजना गरिएको सम्मेलनमा ११ जना भारतीय र ९० जना नेपाली चिकित्सकको सहभागिता थियो । सम्मेलन आयोजक समितिका अध्यक्ष तथा प्रतिष्ठानका सह प्राध्यापक डा प्रभात रञ्जन पोख्रेलले जानकारी दिए ।
सम्मेलनमा विज्ञहरूले अर्थोडोन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक्ससम्बन्धी नयाँ प्रविधि, अनुसन्धान र अनुभवबारे कार्यपत्र र प्रस्तुति दिएका थिए। शुक्रबार भएको कार्यशालामा चिकित्सकले आफ्ना व्यावहारिक अनुभव प्रस्तुत गर्नुभएको थियो भने आज शनिबार ११ वटा सोधपत्र प्रस्तुत गरिएको थियो ।
सम्मेलनमा क्लियर अलाइनर्स, सेल्फ लिगेटिङ ब्र्याकेट्स, टेम्पररी एंकरिज डिभाइस र डिजिटल ट्रिटमेन्ट योजनालगायत प्रविधि समावेश गरिएको थियो ।
विशेष गरी भारतमा सामान्यतया प्रयोगमा नआएका सामग्री र बाङ्गा दाँत मिलाउने नयाँ प्रविधि पनि सम्मेलनमा प्रस्तुत गरिएको थियो । भारतीय विशेषज्ञ प्रा डा अभिषेक घोस, प्रा डा अभिषेक गुप्ता र डा अभिराम चेरुकुरीले विशेष प्रस्तुति दिएका थिए ।
डा पोख्रेलका अनुसार, अर्थोडोन्टिक चिकित्सा दाँत र जबडाको असमान्य स्थिति सुधार गरी अनुहारको सौन्दर्य, दाँतको स्वास्थ्य र चपाइको क्षमता सुधारमा सहयोग पुग्ने भएकाले नेपालमा यस्ता नयाँ प्रविधि र उपचार विधि छिटो भित्र्याउन यस्ता सम्मेलन उपयोगी रहेको बताए ।
त्यस अवसरमा प्रा डा रवीन्द्रमान श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विक्रम श्रेष्ठलगायत दुई देशका चिकित्सकको उपस्थिति थियो ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया