धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तरराष्ट्रिय सम्मेलन
सुनसरी। धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ओडान (अर्थोडोन्टिक एण्ड डेन्टोफेसियल अर्थोपेडिक एसोसिएशन अफ नेपाल) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको संयुक्त आयोजनामा गत शुक्रबारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न भएको हो ।
धरानमा पहिलोपटक आयोजना गरिएको सम्मेलनमा ११ जना भारतीय र ९० जना नेपाली चिकित्सकको सहभागिता थियो । सम्मेलन आयोजक समितिका अध्यक्ष तथा प्रतिष्ठानका सह प्राध्यापक डा प्रभात रञ्जन पोख्रेलले जानकारी दिए ।
सम्मेलनमा विज्ञहरूले अर्थोडोन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक्ससम्बन्धी नयाँ प्रविधि, अनुसन्धान र अनुभवबारे कार्यपत्र र प्रस्तुति दिएका थिए। शुक्रबार भएको कार्यशालामा चिकित्सकले आफ्ना व्यावहारिक अनुभव प्रस्तुत गर्नुभएको थियो भने आज शनिबार ११ वटा सोधपत्र प्रस्तुत गरिएको थियो ।
सम्मेलनमा क्लियर अलाइनर्स, सेल्फ लिगेटिङ ब्र्याकेट्स, टेम्पररी एंकरिज डिभाइस र डिजिटल ट्रिटमेन्ट योजनालगायत प्रविधि समावेश गरिएको थियो ।
विशेष गरी भारतमा सामान्यतया प्रयोगमा नआएका सामग्री र बाङ्गा दाँत मिलाउने नयाँ प्रविधि पनि सम्मेलनमा प्रस्तुत गरिएको थियो । भारतीय विशेषज्ञ प्रा डा अभिषेक घोस, प्रा डा अभिषेक गुप्ता र डा अभिराम चेरुकुरीले विशेष प्रस्तुति दिएका थिए ।
डा पोख्रेलका अनुसार, अर्थोडोन्टिक चिकित्सा दाँत र जबडाको असमान्य स्थिति सुधार गरी अनुहारको सौन्दर्य, दाँतको स्वास्थ्य र चपाइको क्षमता सुधारमा सहयोग पुग्ने भएकाले नेपालमा यस्ता नयाँ प्रविधि र उपचार विधि छिटो भित्र्याउन यस्ता सम्मेलन उपयोगी रहेको बताए ।
त्यस अवसरमा प्रा डा रवीन्द्रमान श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विक्रम श्रेष्ठलगायत दुई देशका चिकित्सकको उपस्थिति थियो ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया