गृहपृष्ठ ∕ औषधि तथा उपकरण ∕ सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
सिरहा । नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिका सञ्चालन हुँदै आएको आँखा जाँच शिविरले तीन वर्षको अवधिमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीलाई शल्यक्रियामार्फत निःशुल्क उपचार गरेको छ ।
नगरपालिकाका २४ वटै वडामा आयोजित शिविरमार्फत हालसम्म १८ हजार ३१७ जनाको आँखा जाँच गरिएको थियो, जसमा दुई हजार ५५३ जनामा मोतियाबिन्दु पहिचान गरिएको शिविर प्रमुख राजकुमार यादवले जानकारी दिए।
उनको अनुसार पहिचान भएका बिरामीमध्ये एक हजार ९७७ जनाको शल्यक्रिया भइसकेको छ भने पाँच सयभन्दा बढी बिरामीलाई खोजी गरी शीघ्र उपचार गर्ने तयारी भइरहेको छ । त्यस्तै, ५० वर्षभन्दा माथिका नागरिकमा मोतियाबिन्दुको समस्या धेरै देखिएको उनले बताए ।
शिविर सञ्चालनका लागि लाग्ने प्रतिव्यक्ति पाँच हजार रूपैयाँ खर्चमध्ये आधा रकम लहान नगरपालिका र आधा अस्पतालले व्यहोर्दै आएका छन् । बिहीबार वडा नं २४ मा गरिएको शिविरमा ३३५ जनाको स्वास्थ्य परीक्षण हुँदा ९९ जनामा मोतियाबिन्दु फेला परेपछि तुरुन्तै अस्पताल ल्याई शल्यक्रिया गरिएको थियो ।
नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले नगरलाई ‘मोतियाबिन्दु मुक्त’ बनाउन अभियान चलाइरहेको बताए । “दियोको मुनि अँध्यारो रहनु हुँदैन भन्ने भावनाले हामी नगरवासीको आँखाको स्वास्थ्यमा विशेष ध्यान दिइरहेका छौँ,” उनले भने ।
अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले दलित तथा विपन्न वर्गका नागरिकले शिविरबाट प्रत्यक्ष लाभ पाइरहेको उल्लेख गर्दै लहान नगरपालिकाको सहकार्यले सिरहा–सप्तरीका अन्य पालिकासमेतमा आँखा रोग निवारण अभियान सशक्त बन्दै गएको बताए ।
शिविरमार्फत जाँच र शल्यक्रिया पाएका दलित तथा विपन्न समुदायका नागरिकले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएर नयाँ जीवन दिएको जनाउँदै लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालप्रति आभार व्यक्त गरेका छन् ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया