दोधारा चाँदनी । भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ । छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले स्थानीय सङ्क्रमणभन्दा आयातित औलो सङ्क्रमित बिरामी बढिरहेको बताए । “यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइबाट भन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी छ”, उनले भने, “पछिल्ला केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै छ ।” उनले औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको भए पनि यसको न्यूनीकरण गर्न कठिनाइ रहेको बताए ।
“नेपालबाट भारत रोजगारीमा जानेहरू औलो सङ्क्रमित भएर यहाँ आउने गरेका छन्”, औलो निरीक्षक भट्टले भनेयो, “भारतबाट आउने र शान्ति सेनामा गएर फर्किएकाहरूमा औलो देखिने गरेको छ ।” उनका अनुसार पश्चिमीनाका गड्डाचौकीमा रहेको हेल्थडेस्कमा औलो परीक्षण हुने गरेको छ । त्यसैगरी सबै ज्वरो आएका बिरामीको समेत सबै स्वास्थ्य संस्थामा औलो परीक्षण गर्ने गरेको उनले जानकारी दिए ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८/७९ मा २९ हजार ४९२ जनाको परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण देखिएको थियो । जसमा पाँच जनामा स्थानीय र ३० जनामा आयातित औलोको सङ्क्रमण देखिएको औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३० हजार ३६२ जनामा औलो परीक्षण गरिएको थियो । जसमा २८ जनामा औलो सङ्क्रमण देखिएकामा २३ जनामा आयातित औलो देखिएको थियो ।
त्यसैगरी आव २०८०/८१ मा १६ हजार ४६३ जनामा औलो परीक्षण गरिएको थियो । जसमा भारतबाट फर्किएका २५ जनामा सङ्क्रमण देखिएको थियो । आव २०८१/८२ को चैत्रसम्म ११ हजार २८९ जनामा परीक्षण गरिएकामा ३५ जनामा औलो सङ्क्रमण देखिएको छ । जसमा ३२ जनामा आयातित र तीन जनामा स्थानीय औलोको सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार रोजगारीका लागि भारत जानेहरू न्यून स्तरको काम गर्ने र त्यहाँ औलो सङ्क्रमण भएपछि उपचार नगरी नेपाल आउने गरेका कारण आयातित औलोको सङ्क्रमण बढ्दै गएको हो ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया