गत वर्षभन्दा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ ।
गत वर्षभन्दा चालु आर्थिक वर्षमा महानगरभित्र डेङ्गु सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कमी आए पनि आगामी कात्तिकसम्म सङ्क्रमणको जोखिम कायम रहेको कामपाले जनाएको छ ।
सङ्क्रमणको त्रास कायम रहेकाले कामपाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने कार्यलाई तीव्र बनाइरहेको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका स्रोतव्यक्ति ऋषिप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार वडा र समुदायस्तरमा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयंसेविकालगायत स्थानीयको सहभागितामा लार्भा खोज र नष्ट गर अभियान जारी छ ।
गत आवको भदौमा छ सय ८६ जनामा सङ्क्रमण भएको थियो भने चालु आवको भदौमा एक सय ९७ जनामा मात्र सङ्क्रमण पुष्टि भएको भुसालले जानकारी दिए । उनका अनुसार गत आवको तुलनामा चालु आवका सङ्क्रमितको सङ्ख्या कमी आएको हो ।
स्रोतव्यक्ति भुसालले भने, “डेङ्गुको सङ्क्रमण कुनै वर्ष घट्ने र कुनै वर्ष बढ्ने गरेको देखिन्छ ।” कामपामा पहिलोपटक २०७५ सालमा चमती क्षेत्रमा एक जना महिलामा यो सङ्क्रमण देखिएको उनले उल्लेख गरे। सामान्यतया बर्खायाममा देखिने यो सङ्क्रमणको वृद्धिदर भदौ, असोज र कात्तिकसम्म रहने कामपाले जनाएको छ । यी तीनै महिनालाई तुलना गर्दा यस वर्ष सङ्क्रमणदरमा कमी आएको उनले जानकारी दिए ।
“डेङ्गु सङ्क्रमण फैलाउने ‘एडिस’ जातको लामखुट्टे जमेको पानीमा बस्छ । यसकारण सफा पानी राखिने भाँडाहरूमा पानी भरेर राख्नु हुँदैन । पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायत जम्ने पानीमा लामखुट्टेको सङ्ख्या वृद्धि हुने भएकाले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन”, उनले भने ।
नेपालमा २०६१ सालदेखि डेङ्गु देखिन थालेको हो । कामपाभित्र सन् २०२२ मा दुई हजार ९७३ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । सन् २०२३ मा छ सय ४३, सन् २०२४ मा दुई हजार ८४ जनामा सङ्क्रमण देखिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण शाखाले जनाएको छ । गत पुसदेखि अहिलेसम्म दुई सय ४८ जनामा सङ्क्रमण देखिएको छ ।
ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया