गत वर्षभन्दा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ ।
गत वर्षभन्दा चालु आर्थिक वर्षमा महानगरभित्र डेङ्गु सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कमी आए पनि आगामी कात्तिकसम्म सङ्क्रमणको जोखिम कायम रहेको कामपाले जनाएको छ ।
सङ्क्रमणको त्रास कायम रहेकाले कामपाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने कार्यलाई तीव्र बनाइरहेको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका स्रोतव्यक्ति ऋषिप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार वडा र समुदायस्तरमा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयंसेविकालगायत स्थानीयको सहभागितामा लार्भा खोज र नष्ट गर अभियान जारी छ ।
गत आवको भदौमा छ सय ८६ जनामा सङ्क्रमण भएको थियो भने चालु आवको भदौमा एक सय ९७ जनामा मात्र सङ्क्रमण पुष्टि भएको भुसालले जानकारी दिए । उनका अनुसार गत आवको तुलनामा चालु आवका सङ्क्रमितको सङ्ख्या कमी आएको हो ।
स्रोतव्यक्ति भुसालले भने, “डेङ्गुको सङ्क्रमण कुनै वर्ष घट्ने र कुनै वर्ष बढ्ने गरेको देखिन्छ ।” कामपामा पहिलोपटक २०७५ सालमा चमती क्षेत्रमा एक जना महिलामा यो सङ्क्रमण देखिएको उनले उल्लेख गरे। सामान्यतया बर्खायाममा देखिने यो सङ्क्रमणको वृद्धिदर भदौ, असोज र कात्तिकसम्म रहने कामपाले जनाएको छ । यी तीनै महिनालाई तुलना गर्दा यस वर्ष सङ्क्रमणदरमा कमी आएको उनले जानकारी दिए ।
“डेङ्गु सङ्क्रमण फैलाउने ‘एडिस’ जातको लामखुट्टे जमेको पानीमा बस्छ । यसकारण सफा पानी राखिने भाँडाहरूमा पानी भरेर राख्नु हुँदैन । पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायत जम्ने पानीमा लामखुट्टेको सङ्ख्या वृद्धि हुने भएकाले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन”, उनले भने ।
नेपालमा २०६१ सालदेखि डेङ्गु देखिन थालेको हो । कामपाभित्र सन् २०२२ मा दुई हजार ९७३ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । सन् २०२३ मा छ सय ४३, सन् २०२४ मा दुई हजार ८४ जनामा सङ्क्रमण देखिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण शाखाले जनाएको छ । गत पुसदेखि अहिलेसम्म दुई सय ४८ जनामा सङ्क्रमण देखिएको छ ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया