Techie IT
  • आईतबार, जेठ २५, २०८२ / Sunday, June 8, 2025
गृहपृष्ठमुख्य समाचारतातो हावाको खतरा बढ्दै, सावधानी अपनाउन महाशाखाको आग्रह

तातो हावाको खतरा बढ्दै, सावधानी अपनाउन महाशाखाको आग्रह


काठमाडौं । देशभर तापक्रम उच्च भइरहेका बेला तातो हावाको लहर (हिट वेभ) को सम्भावना तीव्र रूपमा बढेको छ। मौसमविद्हरू र चिकित्सकहरूले यसलाई सामान्य गर्मी भन्दा निकै खतरनाक बताउँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ ।

तातो हावाको असर केवल असहज तापमा सीमित हुँदैन । यसले स्वास्थ्यमा प्रत्यक्ष प्रहार गर्न सक्छ। शुरुवातमा छाला चिलाउने, साना बिमिरा आउने, घाउ इन्फेक्सन भएर खटिरा बन्ने, र तिब्र असर हुँदा बेहोस हुने, रक्तचाप घट्ने, वान्ता हुने, फोक्सोमा असर पुगेर ज्यानै जाने खतरा हुन्छ।

विशेषज्ञहरूले यस्तो अवस्थामा विशेष गरी वृद्धवृद्धा, बालबालिका र बिरामीहरू उच्च जोखिममा रहने बताउँछन् । तातो हावाले निर्जलीकरण (डिहाइड्रेसन) गराउँछ जसले टाउको दुख्ने, हातखुट्टा बाउँडिने, चक्कर लाग्ने जस्ता लक्षण देखिन्छन्।

सावधानीका उपायहरू

  • दिनको सबैभन्दा तातो समयमा (११ बजे देखि ३ बजेसम्म) घरबाहिर ननिस्कनुहोस्।
  • प्रशस्त पानी पिउनुहोस्— तिर्खा नलाग्दा पनि।
  • हल्का, छायाँयुक्त र हावादार कपडा लगाउनुहोस्।
  • शीतल स्थानमा बस्नुहोस्, आवश्यक परे पंखा वा एयर कन्डिसनरको प्रयोग गर्नुहोस्।
  • घाममा धेरै समय काम गर्नुपर्ने भए चप्पल वा जुत्ता लगाउनुहोस्, टाउको ढाक्ने टोपी वा छाता प्रयोग गर्नुहोस्।
  • बिरामी परे वा लक्षण देखा परे तुरुन्त चिसो स्थानमा लैजानुहोस्, जीवनजल खुवाउनुहोस् र चिकित्सकको सल्लाह लिनुहोस्।
  • तातो हावाको लहर नयाँ होइन, तर हाम्रो सतर्कता र सजगताले यसका प्रभावहरू घटाउन सक्छ ।


तपाईको प्रतिक्रिया

error: Content is protected !!