बहुउपयोगी प्राकृतिक औषधि : एलोभेरा
काठमाडौं। प्राकृतिक औषधीय गुणले भरिपूर्ण एलोभेरा (घ्यु कुमारी) हजारौं वर्षदेखि आयुर्वेद, घरेलु उपचार र सौन्दर्य प्रसाधनको रूपमा प्रयोग हुँदै आएको छ।
‘जैविक चमत्कार’ को रूपमा चिनिने एलोभेराले शरीरभित्र र बाहिर दुवै तवरबाट स्वास्थ्यलाई फाइदा पुर्याउँछ। यसको पातभित्र पाइने जेलमा प्रशस्त मात्रामा भिटामिन, मिनरल, एन्जाइम, अमिनो एसिड, एन्टिअक्सिडेन्ट लगायतका औषधीय तत्व पाइन्छन्।
एलोभेराका प्रमुख स्वास्थ्य लाभहरू
१) छालासम्बन्धी रोगको प्राकृतिक उपचार
-एलोभेराको जेल छालामा लगाउँदा चिसोपन प्रदान गर्छ, सूजन घटाउँछ र छालामा निखार ल्याउँछ।
-झाडापखाला, एलर्जी, घाउ–चोट, रबकजभक, डन्डीफोर र सूर्यको पोलबाट जलेको छालालाई शान्त बनाउने काम गर्छ।
-डण्डीफोर र पिम्पल्स हटाउन नियमित एलोभेरा जेल प्रयोग फाइदाजनक हुन्छ।
२) पाचन प्रणाली सुधार गर्न सहयोगी
-एलोभेराको रस (ज्युस) सेवन गर्दा पाचन शक्ति बलियो हुन्छ।
-कब्जियत हटाउने
-एसिडिटी कम गर्ने
-पेट सफा राख्न सहयोग गर्न
-बान्ता, ग्यास र अपचको समस्या कम गर्ने
-एलोभेरामा रहेको ‘ल्याटेक्स’ नामक तत्वले पेटको सफाईमा सहायता गर्छ।
३) रोगप्रतिरोधात्मक क्षमता वृद्धि
-एलोभेरामा पाइने एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटोरी तत्वले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ।
-भाइरल संक्रमण, ज्वरो, खोकी र रुघा लाग्दा एलोभेरा उपयोगी हुन्छ।
-नियमित सेवनले शरीरमा विषाक्त पदार्थ हटाउन सहयोग गर्छ।
४) कपाल झर्ने समस्या कम गर्छ
-एलोभेरा जेल कपालमा लगाउँदा कपाल झर्ने समस्या घट्छ र टाउको चिलाउने, ड्यान्ड्रफ हुने समस्या हट्छ।
-कपाल मुलायम, चम्किलो र मजबुत बनाउँछ।
-कपालको जरामा पोषण पुर्याउँछ।
५) मधुमेह नियन्त्रणमा सहायक
-एलोभेराको रस नियमित रूपमा सेवन गर्दा रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ।
-मधुमेहका बिरामीले चिकित्सकको सल्लाहमा यसको सेवन गरेमा रक्तचाप र सुगर लेभल नियन्त्रणमा आउन सक्छ।
६) घाउ–चोट र जलनमा उपचार
-जलेको, काटिएको, वा घाउ लागेको स्थानमा एलोभेरा जेल लगाउँदा तत्काल चिसोपन मिल्छ र संक्रमण हुन दिँदैन।
-छिटो छालाको पुनःनिर्माण (healing) गराउँछ।
-एलोभेरा जेलले छालाको कोष पुनः बनाउने काम गर्छ।
७) ओषधीको रूपमा प्रयोग
-एलोभेरा विभिन्न आयुर्वेदिक औषधिहरूमा मुख्य तत्वको रूपमा प्रयोग गरिन्छ। पेट दुख्ने, शारीरिक कमजोरी, रगतको कमी, मुटु रोग आदिमा यसलाई प्रयोग गर्न सकिन्छ।
एलोभेरा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरूः
-गर्भवती र स्तनपान गराउने महिलाले चिकित्सकको सल्लाह बिना सेवन गर्नु हुँदैन।
-एलोभेरा सेवन गर्दा मात्रा बढी भएमा पाचन गडबडी, पखाला लाग्न सक्छ।
-एलर्जी हुने व्यक्तिमा छालामा जलन वा रातोपन देखिन सक्छ, त्यसैले परीक्षणपछि प्रयोग गर्नु उपयुक्त हुन्छ।
-बजारमा पाइने रसायन मिसिएको एलोभेरा जेल वा रसको सट्टा प्राकृतिक एलोभेरा प्रयोग गर्नु राम्रो हुन्छ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया