Techie IT
  • शनिबार, भदौ २८, २०८२ / Saturday, September 13, 2025
गृहपृष्ठमुख्य समाचारयौन दुर्बलता र बाँझोपनको समस्या बढ्दो

यौन दुर्बलता र बाँझोपनको समस्या बढ्दो


काठमाडौँ । नेपालमा पहिलो पटक भएको राष्ट्रिय अध्ययनले नेपालका युवायुवतीमा यौन दुर्बलताको दर उच्च रहेको देखाएको छ । यस्तै पछिल्ला दिनमा बाँझोपनको समस्या बढ्दै गएको छ । नेपालमा विवाहित १० देखि १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित भइरहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखा र स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ले संयुक्त रूपमा गरेको राष्ट्रिय सर्वेक्षणमा युवायुवतीमा यौन दुर्बलता उच्च रहेको पाइएको हो । अध्ययन अनुसार ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको छ ।

नेपालका सात वटै प्रदेश र तीन वटै भौगोलिक क्षेत्र समेटिने गरी देशका विभिन्न ३४ वटा जिल्लाका ३३ हजार ८२ जना विवाहित महिला र पुरुषमा गरिएको अध्ययनले हालसम्म लुकेको र भित्रभित्रै भयावह रूपमा रहेको यौन दुर्बलताको विषयलाई उजागर गरेको छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले यौन दुर्बलतासम्बन्धी अध्ययनले स्वास्थ्य सेवाको प्रवाहलाई बुझ्न सजिलो भएको बताए । उनले यौन स्वास्थ्यबारे नेपाली समाजमा खुलेर कुरा नगर्ने गरेको भन्दै यौन स्वास्थ्यबारे खुला हुनुपर्ने बताए ।

यौन दुर्बलतासम्बन्धी प्रमुख अनुसन्धानदाता डा.खेमबहादुर कार्कीले यौन दुर्बलताका कारण यौन जोडी वा श्रीमान्श्रीमतीबिचको सम्बन्ध बिग्रने मात्रै नभई यसका कारण यौन दुव्र्यवहार, हिंसा र बलात्कार जस्ता जघन्य अपराधसमेत बढ्ने बताए । वयस्कहरूको यौन जीवनमा समस्या आउनु भनेको खुसी र आनन्दको अनुभूति मात्रै गुमाउने होइन, डा.कार्कीले भने, “मानसिक तनाव तथा भावनात्मक चोटका कारण सामाजिक तथा आर्थिक क्रियाशीलतामा ह्रास आउँछ ।”

उनले यौन दुर्बलताको दर विश्वमा नै बढ्दै गएको जानकारी दिए । विश्वमा ४९ प्रतिशत महिला र ४३ प्रतिशत पुरुषमा यौन दुर्बलता रहेको छ । यसमध्ये एसियाली देशका नागरिकमा यो दर झन् धेरै रहेको देखिन्छ ।

सन् २०११ को तथ्याङ्क अनुसार मलेसियाका पुरुषमा २७ देखि ६९ र सिङ्गापुरका पुरुषमा ५१ देखि ७३ र हङकङका पुरुषमा ६४ प्रतिशतसम्ममा लिङ्ग उत्तेजित नहुने समस्या देखाइएको छ । यसै गरी सिङ्गापुरका ५६ प्रतिशत महिलामा यौन दुर्बलता रहेको तथ्याङ्क छ ।

नेपालमा गरिएको अध्ययन अनुसार यौन दुर्बलता भएका पुरुषमा लिङ्ग उत्तेजित नहुने वा यौन सम्पर्कको समयमा चाहे जति दह्रो नहुने अवस्थालाई यौन दुर्बलताको सूचकाङ्क मानिएको छ । नेपालमा गरिएको राष्ट्रिय सर्वेक्षणले यौन दुर्बलता हुने ७२ प्रतिशत पुरुषमध्ये पाँच प्रतिशत वयस्क पुरुषको गम्भीर दुर्बलता छ भने ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्बलता रहेको छ ।

अध्ययनमा यौन दुर्बलता भएकामध्ये ८४ प्रतिशत पुरुषले सम्भोगबाट सन्तुष्टि प्राप्त गर्न नसकेको बताएका छन् । त्यसै गरी ९२ प्रतिशत महिला पुरुषले दुवैले यौन चाहना नै नहुने बताएका छन् । यसले उनीहरूको जीवन तनावपूर्ण भएको वा उनीहरूको स्वास्थ्यमा केही न केही समस्या छ भन्ने सङ्केत गर्दछ । डा। कार्कीले यौन सम्पर्क गर्ने जोडीमध्ये एकले आनन्द प्राप्त गर्ने अर्कोले नगर्ने अवस्थाले सम्बन्धमा चिसोपन ल्याउने बताए । उनले यही विन्दुबाट घरेलु हिंसाको सुरुवात हुने उनको भनाइ छ ।

सर्वेक्षणका अनुसार महिला र पुरुष दुवैमा रहेको यौन दुर्बलताको स्तर सबैभन्दा धेरै मधेश प्रदेश ७३ प्रतिशत र कर्णाली प्रदेशमा ७१ प्रतिशत रहेको छ । डा. कार्कीले यौन दुर्बलताको प्रमुख कारण मानसिक तनाव, गरिबी र अभाव रहेको बताए । सर्वेक्षण अनुसार सुर्ती सेवन वा मदिराजन्य पदार्थको सेवनले पनि यौन दुर्बलता बढाएको छ । लामो समय सुर्ती सेवन गरेर छाडेकामध्ये ८० प्रतिशतमा यौन दुर्बलता देखिएको छ । त्यसै गरी मदिरा सेवन गर्नेमा ६९ प्रतिशत र नगर्नेमा ५९ प्रतिशत दुर्बलता देखिएको छ ।

सर्वेक्षणले धेरै मोटोपन भएका व्यक्तिमा मोटोपन नभएको व्यक्तिको दाँजोमा बढी यौन दुर्बलता देखाएको छ । त्यस्तै उच्च रक्तचाप भएका व्यक्ति र रगतमा चिनीको मात्रा बढी भएका व्यक्तिमा पनि यौन दुर्बलताको अवस्था बढी देखिएको छ । अध्ययनले कुनै दीर्घरोग मधुमेह, उच्च रक्तचाप भएकामा यौन दुर्बलता वढी हुने देखाएको छ । सर्वेक्षणमा समावेश भएकामध्ये यौन दुर्बलता भएका व्यक्तिसँग गरिएको छलफलबाट यौन दुर्बलताका प्रमुख कारणमा व्यस्त जीवनशैली, मानसिक तनाव, श्रीमान्श्रीमती छुट्टिएर बस्नुपर्ने अवस्था, एकाआपसको द्वन्द्व, पारिवारिक कलह, काम र आरामको असन्तुलन रहेको छ । अध्ययनले शारीरिक कारणमा यौन अङ्गमा हुने सङ्व्रmमण, श्रीमान् वा श्रीमतीमा भएको स्वास्थ्य समस्या प्रमुख रहेका छन् ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!