गेटा अस्पतालमा बिभिन्न माग राख्दै डा केसी बसे अनसन
धनगढी । प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय फिर्ताको माग गर्दै तीन दिने अनसन सुरु गरेका छन् ।
आइतबार केसीले कैलालीको गेटास्थित शहीद शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पुगेर १५ देखि १७ भदौंसम्म तीन दिने अनसन सुरु भएको घोषणा गरेका हुन् ।

डा. केसीले हालै चिकित्सा शिक्षा आयोगको निजी मेडिकल कलेजको सिट संख्या वृद्धि गर्ने निर्णयको चर्को आलोचना गरेका छन् । उनले त्यो निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष हस्तक्षेपमा भएको भन्दैं गुणस्तरमा ह्रास आउने बताएका छन् ।

‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ तर शिक्षाको गुणस्तर खस्किन्छ,’ डा. केसीले भनेका छन्, ‘गुणस्तर खस्कनुको अर्थ स्वास्थ्य सेवामा ह्रास आउँछ, जुन आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु हो ।’ चिकित्साशास्त्र अध्ययन संस्थानले १०० सिट पढाउन हिच्किचाइरहेको अवस्थामा त्यसको एक तिहाइभन्दा कम पूर्वाधार र बिरामीको चाप नपुग्ने निजी मेडिकल कलेजलाई १३० सिट दिने निर्णयलाई दुर्भाग्यपूर्ण भनेका छन् ।
डा। केसीले निजी मेडिकल कलेजको सिट वृद्धि गर्ने फिर्ता गर्न, शुल्क वृद्धि नगर्न, इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्न र गेटामा शैक्षिक कार्यक्रम र पूर्ण क्षमतामा अस्पताल सेवा सुरु गर्नुपर्ने माग गरेका छन् ।

यस्तै, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्त मापदण्ड सम्बन्धि ऐन पारित गर्न, ऐनअनुरुप मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउने र सरकारी अस्पताललगायत सबै स्वासथ्य संस्थाहरुमा दरबन्दी वृद्धि गर्नेलगायतका सबै सम्झौता र मागहरु तत्काल पूरा गर्नुपर्ने उनको माग छ ।


- # #चिकित्सा शिक्षा आयोग
- # अनसन
- # प्रा.डा. गोविन्द केसी
- # शहीद शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय
ताजा अपडेट
- ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया