विशाल रक्तदान महाअभियानमा एक लाख युनिट रक्त सङ्कलन
लुम्बिनी । विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त सङ्कलन गरेको छ ।
राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा ‘विश्व बन्धुत्व दिवस’का अवसर पारेर ब्रह्माकुमारीका नेपाल र भारतमा रहेका विभिन्न केन्द्रमार्फत ‘विशाल रक्तदान महाअभियान–२०२५’ चलाइएको हो ।
एकै पटक नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख युनिटभन्दा धेरै रगत सङ्कलन भएको र उत्साहपूर्वक सहभागी भएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय प्रशिक्षण केन्द्र बुटवलका प्रमुख कमला दिदीले जानकारी दिईन् ।
उक्त महाअभियानको पूर्वमन्त्री तथा रूपन्देही क्षेत्र नं १ का सङ्घीय सांसद छविलाल विश्वकर्माले एक समारोहबीच शुभकामनासहित समापन गरे ।
त्यस क्रममा सांसद विश्वकर्माले बन्धुत्व र शान्तिको कामना गर्दै भएको महाभियानले धेरैलाई प्रेरणा मिलेको भन्दै खुसी व्यक्त गरे । अभियानलाई निरन्तरता दिन आग्रह गर्दै सेवाभावका साथ समर्पित अभियानलई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
पूर्वमन्त्री विश्वकर्माले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यायका राजयोग केन्द्रहरूमा योग, ध्यान र सात्विक भोजनमार्फत मानसिक स्वास्थ्यमा पनि विशेष भूमिका निर्वाह गरिरहेको भन्दै अभियन्ता र आयोजकको प्रशंसा गरे ।
‘रक्तदान गरौँ, जीवन बचाऔँ, सहयोगको भावना सबैमा जगाऔँ’ भन्ने मूल नारासहित भदौ ६ देखि ९ गतेसम्म नेपालका १३४ र भारतका विभिन्न स्थानमा एकसाथ रक्तदान गरिएको आयोजक संस्थाका क्षेत्रीय सदस्य राजयोगी ब्रह्माकुमार नारायणले जानकारी दिए ।
अभियानअन्तर्गत बुटवलस्थित क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र, सैनामैना नगर अस्पताल मुर्गिया, देवदह शाखा, गुल्मीको तम्घास, कपिलवस्तुको वाणगङ्गा जितपुर, देवीनगरको दुर्गा मन्दिर सभाहल, नेपालगञ्ज, नवलपरासी परासी शाखा तथा कठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, धनगढ़ी, दाङलगायत शाखाहरूमा एकसाथ रक्तदान कार्यक्रम भएको थियो ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विगत ५५ वर्षदेखि शान्ति, सद्भाव, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक–आध्यात्मिक मूल्यहरूको संरक्षण तथा प्रवद्र्धनमा योगदान दिँदै आएको छ । धुम्रपान, मद्यपान र लागूपदार्थजस्ता दुव्र्यसनमुक्त समाज निर्माणमा समेत संस्थाले महत्वपूर्ण भूमिका खेलेको अभियन्ता रोजयोगी नारायणको भनाइ छ ।
महाअभियानले रक्तदानलाई केवल स्वास्थ्य सहयोगको कार्य नभई मानवीय एकता र विश्व बन्धुत्वको सशक्त सन्देश प्रवाह गरेको उत्प्रेरक प्रशिक्षक ब्रह्माकुमार ऋषि न्यौपानेले बताए ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया