लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
सिरहा। लहान नगरपालिका–४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार गर्दै आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
करिब छ महिनाअघि अस्पताललेबहिरङ्ग (ओपिडी) सेवा प्रारम्भ गरेको थियो ।
अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहका अनुसार मुटु सम्बन्धी सम्पूर्ण परीक्षण प्रयोगशालामा न्यूनतम शुल्कमा सुरुआत गरिएको छ ।
काठमाडौँको सहिद गङ्गालाल अस्पतालमा रु एक हजार पाँच सय रुपैयाँ पर्ने ‘इको’ परीक्षण यहाँ केवल हजार रुपैयाँमै गरिनेछ । त्यस्तै अन्य शुल्क पनि न्यूनतम रहेको छ ।
हालसम्म दुई हजार तीन सयभन्दा बढी बिरामीहरूले सेवा लिइसकेका छन्, भने दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले नाफा नभइ सेवा लक्षित मोडेलमा काम गरिरहेको छ ।
“नाफारहित अस्पताल बन्ने भएकाले यहाँका नागरिकले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिएका छौँ,” अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहले बताए ।
अहिले दुई भवनमा ओपिडी सेवा चलिरहेको छ, जुन लहान नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक ११ बिघा जग्गामा निर्माण गरिएको हो ।
डा साहका अनुसार, सो जग्गामै आगामी दिनमा पूर्ण पाँच सय शय्याको अस्पताल निर्माण हुने योजना छ, जसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।
अस्पताल प्रशासनले आगामी एक वर्षभित्र २५ शय्याको ‘आईसियू’(सघन उपचार कक्ष) र ‘सिटी स्क्यान’ सहितको सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।
‘कार्डियो र डाइबेटिक सेन्टर’को रूपमा विस्तार हुँदै गरेको यो अस्पतालले स्थानीयहरूलाई अब धरान, विराटनगर वा काठमाडौँ जानु नपर्ने विश्वास दिलाएको छ ।
यो अस्पताल नेपाल हृदय रोग निवारण सङ्घ अन्तर्गत सञ्चालनमा ल्याइएको हो । सङ्घका कार्यकारी अध्यक्ष डा बालकृष्ण ओग्र्यान लहानमै जन्मिएर हाल जर्मनीमा वरिष्ठ मुटुरोग विशेषज्ञका रूपमा कार्यरत छन् ।
उनकै पहलमा ‘नेपाल मेड ई भि’ र ‘रोटरी क्लब कटबस’ जस्ता दुई जर्मन गैरसरकारी संस्थाबाट करिब रु दुई अर्ब बराबरको आर्थिक सहयोगमा अस्पतालको निर्माण प्रक्रिया अघि बढाइएको हो ।
“यस प्रकारको अस्पतालको अवधारणा डा बालकृष्ण ओग्र्यानका कारण सम्भव भएको हो,” डा सञ्जयप्रसाद साहले भने, “जो यही लहानको भूमिमा जन्मिएर मुटुरोग विशेषज्ञको रूपमा हाल जर्मनीमा कार्यरत रहनुभएको छ ।”
अस्पतालका निर्देशक डा साहका अनुसार, आगामी अक्टोबरमा डा ओग्र्यानसहित जर्मनिमा कार्यरत मुटु विशेषज्ञहरूको टोली नेपाल आउने र अस्पतालको प्रगति निरीक्षण गर्नुका साथै प्राविधिक सल्लाह दिनेछ ।
अस्पतालको प्रशासन तथा वित्त शाखा प्रमुख रिना चौधरीका अनुसार विभिन्न सङ्घ संस्था र दाताहरूसँग समन्वयको प्रक्रिया जारी रहेको छ । जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै उहाँले अस्पतालसम्मको सडक पूर्वाधार सुधार आवश्यक रहेको बताए ।
यति न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइदै आएको भए पनि प्रचारप्रसारको अभाव रहेको उल्लेख गर्दै, स्थानीयको साथ, सहयोग र विश्वासले नै अस्पतालको भविष्य उज्ज्वल बनाउने विश्वास पनि उनले व्यक्त गरे ।
लहानको यो मुटु अस्पताल केवल स्वास्थ्य सेवा केन्द्र मात्र नभइ, स्थानीय विकासको एक गौरवपूर्ण आयोजना बन्दै गएको छ । कम शुल्क, गुणस्तरीय सेवा, अन्तरराष्ट्रिय सहयोग र दीर्घकालीन लक्ष्यले यो अस्पताललाई प्रदेश नं २ कै उत्कृष्ट स्वास्थ्य संस्था बनाउने स्पष्ट सङ्केत देखिन्छ ।
लहानको यो मुटु अस्पताल केवल स्वास्थ्य सेवा केन्द्र मात्र नभइ, स्थानीय विकासको एक गौरवपूर्ण आयोजना बन्दै गएको छ । “स्वास्थ्यको पहुँच सबैका लागि सुनिश्चित गर्ने दिशामा यो अस्पताल ऐतिहासिक कदम हो,” रोटरी क्लब अफ लहानका अध्यक्ष तथा स्थानीय समाजसेवी अभिषेक रोसनले भने“ कम शुल्क, गुणस्तरीय सेवा, अन्तरराष्ट्रिय सहयोग र दीर्घकालीन लक्ष्यले यो अस्पताललाई मधेश प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्था बनाउने स्पष्ट सङ्केत देखिन्छ ।”
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया