सुदूरपश्चिमबाट ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शुभारम्भ
धनगढी । राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको सुदूरपश्चिम प्रदेशको धनगढीमान रहेको प्रादेशिक आर्युर्वेद चिकित्सालय बाट शुभारम्भ भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाएर कार्यक्रमको शुभारम्भ गरेका हुन्।
बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियान सुरु गरिएको मन्त्री पौडेलले बताए।
यस कार्यक्रमलाई नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गर्दै यसलाई विज्ञानिक रुपमा विकास गरी आधुनिक जनस्वास्थ्य प्रणालीसँग जोड्न सकिने मन्त्री पौडेलको जिकिर थियो। ‘स्वर्ण बिन्दु प्राशन’ हाम्रो हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानमा रहेको ज्ञान हो।

यसलाई आधुनिक विज्ञान र जनस्वास्थ्यसँग जोड्न सक्यौँ भने स्वस्थ र मेधावी पुस्ता निर्माण गर्ने हाम्रो अभियानमा यसले सहयोग पुर्र्याउने छ। अर्कोतर्फ, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वास्थ्य प्रणाली विकास गर्नु सरकारको आजको प्राथमिकता हो।
त्यसैले हाम्रा बालबालिकालाई शारीरिक र बौद्धिक रूपमा अब्बल बनाउन स्वास्थ्य मन्त्रालयले निरन्तर कार्य गर्नेछ। ‘आगामी पुस्ता निरोगी पुस्ता’ तयार पार्ने हाम्रो लक्ष्य अनुरुप प्रवर्द्धनात्मक र निरोधात्मक स्वास्थ्य प्रणालीको विकासका लागि आयुर्वेद क्षेत्रसँग जोडिएका यस्ता कार्यक्रमलाई देशैभरका प्रभावकारी रूपमा सञ्चालन गरिनेछ।’ उनको भनाइ थियो।
यसअघि पनि मन्त्री प्रदीप पौडेलले आयुर्वेद क्षेत्रको विकास, आधुनिकीकरण र राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकरणका लागि महत्वपूर्ण कदमहरू अघि बढाउँदै आएका छन्।
ताजा अपडेट
- ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया