कैलालीको गेटामा यसै वर्षदेखि एमबिबिएस पढाइ हुन्छ : स्वास्थ्यमन्त्री पौडेल
धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कैलालीको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षमै एमबिबिएस पढाइ हुने बताएका छन् ।
मन्त्री पौडेलले बुधबार धनगढीमा आयोजित कार्यकर्ता भेटघाटमा उक्त विश्वविद्यालयमा पहिलो चरणमा ५० जनालाई अध्ययनको व्यवस्था गर्न लागिएको जानकारी दिए ।
पौडेलले विभिन्न आठ वटा जटिल रोगका बिरामीका लागि पहिलो पटक सरकारले तीन लाख बराबरको स्वास्थ्य सेवाको व्यवस्था गरेको उल्लेख गरे । उनले भने, ‘विश्व स्वास्थ्य संगठनले देशलाई रुबेलामुक्त घोषणा गर्नु उपलब्धि भएको छ ।’ स्वास्थ्यमन्त्री पौडेलले आज सो विश्वविद्यालयको आकस्मिक सेवाको उद्घाटन गर्ने कार्यक्रम थियो ।
विश्वविद्यालय ऐन पारित भइसकेको अवस्थामा आकस्मिक कक्षको उद्घाटन गर्नुको अर्थ नरहेको भन्दै स्थानीयले विरोध जनाएपछि सो कार्यक्रम स्थगित भएको छ ।
ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया