गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द प्याण्डामिक फण्ड’को आर्थिक प्राविधिक सहयोगमा पोखरामा सञ्चालित अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकाससम्बन्धी दुईदिने कार्यशाला आइतबार सम्पन्न भएको छ ।
कार्यशालाा गण्डकी प्रदेशअन्तर्गतका १२ स्याटेलाइट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको सहभागिता रहेको थियो । ती अस्पतालमा बुर्तिबाङ अस्पताल, बागलुङ, प्रादेशिक अस्पताल मुस्ताङ जोमसोम, दमौली अस्पताल, तनहुँ, प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जा, लमजुङ जिल्ला अस्पताल, लमजुङ,प्रादेशिक अस्पताल बेनी, प्रादेशिक अस्पताल चामे मनाङ, प्रदेश अस्पताल कुस्मा, पर्वत,आमपिपल अस्पताल, गोरखा, मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुर, मातृ शिशु मितेरी प्रादेशिक अस्पताल कास्की,प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल कास्की रहेका थिए ।
सहभागीहरूले विज्ञ प्रशिक्षकको मार्गनिर्देशनमा ‘हस्पिटल सेफ्टी इनडेक्स प्लस एप’ प्रयोग गरेर आफ्ना अस्पतालको ‘एचडिपिआरपी’ विकास गरेका थिए । सहभागीलाई जनस्वास्थ्य आपत्काल अवस्थाहरूको लागि समन्वय र सञ्चार, ‘एचइओसी’ सञ्जाल, हब तथा स्याटलाइट अस्पताल सञ्जाललगायतका विषयमा विस्तृत जानकारी गराइएको थियो । सहभागीले विकास गरिएका एचडिपिआरपि योजना परीक्षण गर्नका लागि ‘टेबलटप’ अभ्यास पनि गरेका थिए ।
यी योजनाहरू अब प्रत्येक अस्पतालमा लागू गरिने र कर्मचारीहरूलाई अद्यावधिक गरेर प्रभावकारी कार्यान्वयनको लागि मद्दत पु¥याइने तथा यसले तयारीमा सुधार ल्याउने जनाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा उनले स्वास्थ्य आपतकालीन अवस्थालाई सम्बोधन गर्न पूर्व तयारी गरिएको जानकारी दिनुभयो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ प्रशिक्षक डा विकल श्रेष्ठ र डा सुवाष न्यौपानेले प्रशिक्षण दिएका थिए ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया