Techie IT
  • मंगलबार, जेठ १२, २०८३ / Wednesday, May 27, 2026
गृहपृष्ठऔषधि तथा उपकरणनिजि तथा सामुदायिक अस्पताललाई कानुन अनुसार निःशुल्क उपचारको ब्यबस्था गर्न मन्त्रालयको निर्देशन

निजि तथा सामुदायिक अस्पताललाई कानुन अनुसार निःशुल्क उपचारको ब्यबस्था गर्न मन्त्रालयको निर्देशन


धनगढी । सामाजिक बिकास मन्त्रालयले निजि तथा सामुदायिक अस्पतालमा आउने विपन्न, असहाय, बेवारीसे बिरामीलाई नियम अनुसार शैया  छुट्याई निः शुल्क उपचारको ब्यबस्था मिलाउन परीपत्र गरेको छ ।

स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड २०७७ को ७० (घ) अस्पतालमा उपचारका लागि आउने बिपन्न असहाय बेवारिसे बिरामीको लागि कुल शैया को १० प्रतिशत शैया छुट्याई नि शुल्क उपचारको अनिवार्य ब्यस्था मिलाउन का साथै सोहि मापदण्डको दफा ७२ (ट)मा बिरामीले अस्पतालले सेवा प्राप्त गर्न लाग्ने शुल्क प्रक्रिया र अबधि समेत खुलाएको बिरामी वडापत्र अस्पतालको अग्रभागमा देखिनु पर्ने छ भनि उल्लेख गरीएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँगै सामाजिक बिकास मन्त्रालय बाट यस अघि भएका परीपत्र हालसम्म पनि मापदण्ड अनुसार नभएको भनी गुनासो प्राप्त भएकाले स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड २०७७ पुर्ण रुपमा पालना गर्न अनुरोध गरेको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!