कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा स्वास्थ्य संस्था ‘पेपरलेस’ बन्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्रका तीन स्वास्थ्यचौकीमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीअन्तर्गत ‘पेपरलेस’ सेवा सञ्चालन गरिएको छ ।
बिरामीले पर्चा नकाटिकनै कम्प्युटरमा नाम दर्ता गराएका आधारमा उपचार सेवा पाउने व्यवस्था मिलाइएको छ ।
नमूनाका रूपमा पिपलाडी, झलारी स्वास्थ्यचौकी र वडा नं ५ स्थित आधारभूत स्वास्थ्यचौकीमा प्रणाली लागू गरिएको छ ।
यी संस्थामा सेवा प्रवाहको प्रभावकारिता हेरेपछि अन्य स्वास्थ्यचौकीमा पनि क्रमशः यो प्रणाली विस्तार गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिए ।
“अब बिरामीलाई पर्चा लिएर लाइन बस्नुपर्ने छैन”, भट्टले भने, “कम्प्युटरमा विवरण दर्ता भएसँगै बिरामीले कुन ठाउँमा चेकजाँच गर्ने, औषधि कहाँबाट लिने, चिकित्सक कहाँ भेट्ने भन्ने सबै जानकारी डिजिटल माध्यमबाट पाइनेछ ।” भट्टका अनुसार, यो प्रणालीले स्वास्थ्यसम्बन्धी तथ्याङ्कको डिजिटल अभिलेखन, विश्लेषण र रिपोर्टिङ सहज बनाउँछ । स्वास्थ्य सेवा प्रभावकारिता, सेवा उपयोग दर, कर्मचारी मूल्याङ्कनलगायत पक्षमा सुधार हुने अपेक्षा गरिएको छ ।
उनका अनुसार यस डिजिटल प्रविधिले नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाबाट तथ्याङ्क एकीकृत रूपमा सङ्कलन गर्न सकिने भएकाले तथ्यमा आधारित निर्णय प्रक्रिया सहज हुने भएको छ । साथै, मासिक रिपोर्ट पनि सजिलै तयार पार्न मिल्नेछ ।
तीन वटै स्वास्थ्य संस्थामा उपलब्ध भएका कम्प्युटर, इन्टरनेटको सदुपयोग गरी कार्य सञ्चालन गरिएको उल्लेख गर्नु हुदै उहाँले क्रमशः आवश्यकताका आधारमा स्वास्थ्य संस्थाहरुलाई कम्प्युटर प्रिन्टर, इन्टरनेट सेवा उपलव्ध गराइने बताए ।
“पहिले पर्चाको भरमा सेवा दिनुपथ्र्यो, अहिले कम्प्युटर दर्ताबाटै बिरामीलाई सेवा दिन थालेका छौँ”, पिपलाडी स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टले भने, “रिपोर्ट पनि डिजिटल रूपमा तत्कालै उपलब्ध गराउँदै छौँ ।” उनले सेवालाई प्रभावकारी बनाउनका लागि थप जनशक्ति व्यवस्थापन, थप कम्प्युटर र भरपर्दो इन्टरनेट सेवाको आवश्यकता रहेको बताए। सेवा सञ्चालन भएपछि समय, स्रोत र श्रमको बचत, सेवाको गुणस्तरमा सुधार, कर्मचारीको कार्य मूल्याङ्कन गर्न सहज हुने उनले उल्लेख गरे ।
स्वास्थ्य सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र तथ्यमा आधारित बनाउने दिशामा यो प्रयास एक उल्लेखनीय उदाहरण भएको प्रमुख भट्टको भनाइ रहेको छ ।
ताजा अपडेट
- कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया