एफईएसजीई उपाधि पाउने पहिलो नेपाली बने डा. झा
काठमाडौँ। नेपाली चिकित्सक डा. राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट एफईएसजीई उपाधि (डिग्री) प्राप्त गर्न सफल भएका छन् । डा. झा एफईएसजीई को डिग्री प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक हुन् ।
ईएसजीईबाट पहिलोपटक एसियाली राष्ट्रका दुई जना डक्टरले यो डिग्री पाएका छन् । नेपालका डा. झासँगै भारत (एआईजी) का नागेश्वर रेड्डीले पनि एफईएसजीई डिग्रीको उपाधी पाएका हुन् ।
डा. झा वीरगन्जस्थित ग्यास्ट्रो लिभर क्लिनिक इन्डोस्कोपी सेन्टरका संचालक हुन् । ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यवसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्वपूर्ण व्यवसायिक उपलब्धी र उत्कृष्ट दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ ।
आफ्नो पेशागत यात्रामा यो एफईएसजीई डिग्रीलाई एउटा महत्वपूर्ण उपलब्धि ठानेका डा. झाले यो उपाधी विश्व–चिकित्सा क्षेत्रमा नेपाललाई जोड्न र चिनाउन सहयोगी सिद्ध हुने विश्वास पनि व्यक्त गरेका छन् ।
डा. झा भन्छन्, ‘एफईएसजीई उपाधि मेरा लागि मात्र नभई देशकै लागि गर्वको कुरा हो । यसले विश्व–चिकित्सा क्षेत्रमा नेपालको परिचय स्थापित गर्न मद्दत पुर्याँउछ ।’
यो डिग्री प्राप्त गर्न ईएसजीईमा कम्तीमा १० वर्ष आबद्ध हुनुका साथै मोड्युल–१ र मोड्युल–२ सफलतापूर्वक पूरा गरेको हुनुपर्छ ।
डा. झाले जेनरल इन्फर्मरी लिड्स् युनिभर्सिटी युकेबाट सन् २०१३ मा मोड्युल–१ र एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी हैदरावाद, भारतबाट सन् २०१७ मा मोड्युल–२ पूरा गरेका हुन्। यो वर्ष ईएसजीईबाट डा। झासहित १२ जनाले यो डिग्री प्राप्त गरेका छन् ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया