स्थानिय तहका स्वास्थ्यकर्मीहरु थप आन्दोलित
धनगढी ।सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको स्थानिय सेवा ऐनले अन्यायमा पारेको भन्दै स्थानिय तह स्वास्थ्यकर्मी संघर्ष समितिले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
समितिले एक विज्ञप्ती जारी गर्दे ४ गते देखि सुदूरपश्चिम प्रदेशमा रहेका ८८ स्थानिय तहमा रहेका स्वास्थ्य संस्थाहरुबाट आकस्मिक सेवा बाहेकका सम्पुर्ण सेवाहरु प्रवाह गर्ने नसकिने, असार महिनाको मासिक रिर्पोट पनि प्रविष्ट गर्न नसकिने र शान्तिपूर्ण आन्दोलनमा स्वास्थ्यकर्मीलाई सहभागी हुन समेत आह्वान गरेको छ ।

यसका साथै संघर्ष समितिले प्रदेशका सम्पुर्ण स्थानिय तहहरुलाई समेत पत्रचार गरेको छ । उक्त आन्दोलनले सेवाग्राही पर्न जाने सुबिधा क्षमायाचना गर्दे सम्पुर्ण जिम्मेवारी प्रदेश सरकार र सम्बन्धित स्थानिय तहले लिनुपर्ने उल्लेख छ ।
यसका साथै आन्दोलनरत स्वास्थ्यकर्मीले आन्दोलनको बिषयमा प्रदेशका सम्पुर्ण स्थानिय तहलाई समेत सो बिषयमा जानकारी दिएका छन् ।
नेपालको संबिधानको धारा ३५ (१)मा उल्लेख भएको निःशुल्क आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने जनशक्ति नै स्थानिय तहका स्वास्थ्यकर्मी हुन् । नागरिक मौलिक अधिकारबाट बञ्चित हुने भएकाले सरोकारवाला सबैको ध्यान जान जरुरी छ ।


ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया