‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
ललितपुर । सात बुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ‘सबल स्वास्थ्यका लागि एकताः फिल्ड इपिडिमियोलोजी, निगरानी र नीतिगत निर्देशन’ भन्ने नाराका साथ विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आइतबारदेखि ललितपुरमा भएको दुईदिने सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको हो ।
घोषणापत्रको पहिलो बुँदामा समयमै रोगको पहिचान, अनुसन्धान र प्रतिकार्यका लागि स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धि गर्न स्वास्थ्य प्रणालीमा फिल्ड इपिडेमियोलोजीलाई संस्थागत गर्ने विषयलाई समेटिएको आयोजकले जनाएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत फिल्ड इपिडेमियोलोजी जनशक्तिलाई अपरिहार्य जनशक्तिका रूपमा पहिचान दिलाउन पैरवी गर्ने, फिल्ड इपिडिमियोलोजी सीपको प्रभावकारी उपयोग सुनिश्चित गर्दै रोग निगरानी, प्रकोप प्रतिकार्य र नीतिगत व्यवस्था गर्न प्रयोग गर्ने, महामारीको प्रभावकारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि फिल्ड इपिडिमियोलोजी जनशक्ति परिचालन गर्ने र प्रत्येक अनुसन्धान तथा प्रतिवेदनलाई राष्ट्रिय मञ्चमा जानकारी गर्ने, निगरानी प्रणालीबाट प्राप्त तथ्याङ्क र फिल्ड अनुसन्धानका निष्कर्षलाई कार्यान्वयनयोग्य नीति र कार्यक्रम निर्माणमा रूपान्तरण गरी तथ्यमा आधारित निर्णय प्रक्रियाको प्रवर्द्धन गर्ने कुरालाई घोषणापत्रमा समावेश गरिएको छ ।
त्यस्तै, अनुभव आदानप्रदान र ज्ञान साझेदारी कार्यक्रममार्फत फिल्ड इपिडिमियोलोजी जनशक्ति तथा सरोकार भएका निकायबीच सहकार्य, सिकाइ र समन्वय प्रवर्द्धन गर्ने र स्वास्थ्य क्षेत्रका पेसागत र साझेदारबीच अनुभव, निरन्तर सिकाइ, सहकार्य, तथा रणनीतिक संवादलाई प्रवर्द्धन गर्न हरेक दुई वर्षमा फिल्ड इपिडिमियोलोजीको राष्ट्रिय सम्मेलन आयोजना गर्ने विषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ ।
सम्मेलनका सहभागीले घोषणापत्रलाई साझा दृष्टिकोण, सुदृढ, उत्तरदायी र तथ्यमा आधारित स्वास्थ्य प्रणाली निर्माणप्रति दृढ प्रतिबद्धताको अभिव्यक्तिस्वरूप अनुमोदन गरेका छन् । आइतबार सम्मेलनको उद्घाटन सत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले फिल्ड इपिडिमियोलोजिस्टले रोग नियन्त्रणमा ठूलो भूमिका पुर्याउने बताएका थिए ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया