घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
सिरहा । सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप र मधुमेह बिरामीको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । ‘स्वास्थ्यकर्मी, नगरवासीको घर दैलोमा’ भन्ने नारासहित आइतवार वडा नं १२ पडरिया टोलदेखि उक्त शिविरको सुरुवात गरिएको हो ।
समयमै रोग पहिचान भएमा उपचार गर्न सहज होस भन्ने उद्देश्यले यस शिविर सञ्चालन गरिएको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए “गाउँघरमा लुप्त रूपमा बिरामी रहेका हुन्छन् । उनीहरुको पहिचान गर्न र थप उपचार गर्न सजिलो होस भनेर हामीले यो कार्यक्रम सुरु गरेका हौँ”, उनले भने, “चेकजाँच गरेर थप उपचारका लागि स्वास्थ्य संस्था पठाउछौँ ।” नियमित औषधी सेवन गरिरहेका बिरामीलाई शिविरमार्फत औषधी पनि वितरण गरिने नगरप्रमुख चौधरीले जानकारी दिए ।
लहान नगरपालिकामा १२ वटा स्वास्थ्य चौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र छन् । त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मीलाई एक सातासम्म घरघरमा खटाएर ‘स्क्रिनिङ’ गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले बताए। नगरपालिकाले गतवर्ष पनि यस्तै कार्यक्रम सञ्चालन गरेको थियो । त्यतिखेर चार हजार बढी स्थानीयले आफ्नो स्वास्थ्य चेकजाँच गराएका थिए ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया